तरण आदर्शले लेखे ‘कलंक’ निराशाजनक सिनेमा

तरण आदर्शले लेखे ‘कलंक’ निराशाजनक सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज बुधबारबाट विश्वभरका सिनेमा घरमा रिलिज भएको बलिउड सिनेमा हो ‘कलंक’ । यो सिनेमालाई बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरले निर्माण गरेका हुन् । यो करणको ड्रिम प्रोजेक्ट पनि हो । विश्वभरका ५ हजार ३ सय बढि हलमा रिलिज भएको सिनेमा बुधबारबाट नेपालमा भने प्रदर्शन हुन सकेन् ।

नेपालमा शुक्रवारबाहेक अरु दिनमा विदेशी सिनेमा प्रदर्शनमा चलचित्र विकास बोर्डले रोक लगाए पश्चात ‘कलंक’ बुधबार नेपालमा रिलिज हुन सकेन । अब, यो सिनेमा शुक्रवार प्रदर्शनबाट नेपालमा रिलिज हुने सम्भावना प्रवल रहेको छ । तर, सिनेमालाई बलिउड समिक्षबाट मिलेको रिभ्यूले भने नेपालका वितरकलाई ठुलो झट्का दिएको छ ।

भारतीय सिनेमाका समीक्षकले कलंकलाई ‘डिसापोइन्टिङ्ग अर्थात निराशाजनक’ बताएका छन् । भारतका चर्चित सिनेमा ट्रेड एनालिस्ट तरण आदर्शले २ रेटिङ दिँदै यसलाई निराशाजनक रहेको लेखेका छन् । उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा सिनमाको पहिलो हाफ कमजोर र दोस्रो हाफ भने हेर्न लायक रहेको लेखेका छन् । सिनेमाले दर्शकको अपेक्षा पूरा नगर्ने उनको भनाई छ । अन्य बलिउडका सिनेमा समीक्षकले पनि ‘कलंक’ लाई कमजोर बोलेका छन् । त्यसैले नेपालका वितरक पनि अब ‘कलंक’ नेपाल रिलिज गर्ने वा नगर्ने भन्नेमा दोधारमा छन् ।

सिनेमामा वरुण धवन, आलिया भट्ट, सञ्जय दत्त, सोनाक्षी सिन्हा, माधुरी दीक्षित र आदित्य रोय कपूरको मुख्य भूमिका रहेकोछ । माधुरी र सञ्जयले २० वर्षपछि यो सिनेमामा एकसाथ स्क्रिन सेयर गरेका छन् । कलंक एक पिरियड ड्रामा सिनेमा हो, जुन १९४० को ब्याकड्रपमा बनाइएको छ । अभिषेक बर्मनले निर्देशन गरेको सिनेमाले पहिलो दिन बलिउड बक्सअफिसमा २३ करोडको हाराहारीमा कलेक्सन गर्ने अनुमान सिनेमा पण्डितहरुको छ ।