गौरव र अनुको ‘पसिना’ ट्रेलर रिलिज (भिडियो)

गौरव र अनुको ‘पसिना’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बैशाख २७ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आउन लागेको मजदुरहरुको कथाव्यथामा निर्मित सिनेमा ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको सिनेमाको ट्रेलरले मजदुरहरुले भोग्नु परेको समस्यालाई उठान गरेको छ । आर.बि. खत्री ‘शरद’ले पसिनाको निर्देशन गरेका हुन् ।

सिनेमाको सार्वजनिक ट्रेलरमा अभिनेता गौरव पहारीलाई शिक्षक र अभिनेत्री अनु शाहलाई पत्रकारको भूमिकामा देख्न सकिन्छ । दुईले एकसाथ स्क्रिन सेयर गरेको यो पहिलो सिनेमा हो । सिनेमामा बरिष्ठ अभिनेता सरोज खनालले पुलिस अफिसरको भूमिका निर्वाह गरेका छन् । रवि गिरी, ध्रुव कोइराला, शारदा गिरी, जयनन्द लामा, सरोज अर्याल, शान्ती गिरीलगायतका कलाकारको पनि सिनेमामा अभिनय रहेको छ ।

‘पसिना’ मा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजिव समिरको कोरियोग्राफी र देव महर्जनको द्वन्द रहेको छ । निर्देशक खत्रीको कथा रहेको सिनेमामा शान्ता ढकालको लगानी रहेको छ । भने, सिनेमाका कार्यकारी निर्माता सञ्जय महत्तो हुन् ।