सलिनमान र मलिकाको ‘यात्रा’को रोमान्टिक गीत रिलिज

सलिनमान र मलिकाको ‘यात्रा’को रोमान्टिक गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नयाँ वर्षको अवसर पारेर चैत्र २९ गते शुक्रवारबाट प्रदर्शनमा आएको सिनेमा ‘यात्रा’मा समावेश रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सिनेमा प्रदर्शन भएको एक हप्ता पछि ‘फ्लाइङ्ग’ बोलको गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा सिनेमाका मुख्य अभिनेता सलिनमान बनिया र डेब्यू गर्ल मलिका महतलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा पोखराको सुन्दर लोकेशनमा खिचिएको छ । गीतको भिडियोमा प्रविन सिंहको कोरियोग्राफी छ ।

प्रतिक पौडेलको शब्द तथासंगीत रहेको गीतमा सुगम पोखरेल र मेलिना राईको स्वर छ । सिनेमाको गीत एक हप्ता रिलिजको गर्नुको कारणबारे प्रस्ट्याउँदै निर्देशन सम्राट शाक्य भन्छन्, ‘हामीले पूर्वतयारी अनुसार नै यसलाई रिलिजपछि सार्वजनिक गरेका हौं ।’ उनी सिनेमालाई प्राप्त सकारात्मक प्रतिक्रियाले उत्साहित देखिएका छन् ।

सिनेमामा सलिनले भ्लगमार्फत् समाजमा ल्याएको परिवर्तनलाई देखाइएको छ । यसमा सलिन र मलिकाका अलवा सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राईलगायतको अभिनय छ । सिनेमामा निर्माता तथा अभिनेता केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ताको रुपमा रहेका छन् ।

विक्रम पराजुली, मुक्ति तिमल्सिना र राम शरण घिमिरे सिनेमाका सह(निर्माता हुन् भने निर्माताको रुपमा सुशील पोखरेल छन् । यसको कार्यकारी निर्मातामा सर्जुमान लिगल रहेका छन् । सिनेमाको कथा निर्देशक शाक्यकै हो । उनलाई लेखनमा सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले साथ दिएका छन् । यसलाई सञ्जय लामाले खिचेका हुन् ।