‘कप्स’ गीत रिलिज : रियालाई देखेर अनुपको आँखा सन्कियो (भिडियो)

‘कप्स’ गीत रिलिज : रियालाई देखेर अनुपको आँखा सन्कियो (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अनुप बिक्रम शाही स्टारर सिनेमा कप्सको दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘सुन्दरी देखेर आँखा सन्कियो’ बोलको आइटम गीत शनिबार इन्टरनेटबाट रिलिज गरिएको हो । कविराज गहतराको कोरियोग्राफी रहेको सार्वजनिक गीतमा रिया प्रधानलाई फिचर्ड गरिएको छ ।

यसअघि बैशाख २७ गते रिलिज मिति तोकिएको सिनेमाको सार्वजनिक गीतमा प्रदर्शन मिति राखिएको छैन् । स्वयंम्भुराज शाक्यको संगीत रहेको गीतमा सुरेन्द्र रानाको शब्द तथा संगीतकार शाक्य र मिना निरौलाको स्वर छ । यो सिनेमामा अनुपविक्रमले डीएसपी अमन सिंहको भूमिका निर्वाह गरेका छन् ।

प्रायः हिरोसँग बदला लिने चरित्रमा मात्र प्रस्तुत हुँदै आएका उनले यसमा एक सच्चा प्रहरी अधिकृतको भूमिका निभाएको बताए । सिनेमालाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । ‘कप्स’मा अनुपविक्रम र संन्दीपाका अलवा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को संयुक्त व्यानरमा निर्माण भएको सिनेमालाई राम शाक्यले निर्माण गरेका हुन् । कप्सले पोलिटिक्स, प्रहरी, पत्रकार र जनताको कथा उठान गरेको निर्देशक सापकोटाको भनाई छ । एक्सन र लभस्टोरी जनरामा बनेको सिनेमामा सुशान्त प्रजापतिको छायांकन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत, अष्ट महर्जनको द्वन्द्व, विपिन मल्लको सम्पादन रहेको छ ।