मणिरत्नमको सिनेमा ‘पोन्निनी सेल्वम’मा कटप्पा र एश्वर्याको जोडी ?

मणिरत्नमको सिनेमा ‘पोन्निनी सेल्वम’मा कटप्पा र एश्वर्याको जोडी ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साथको सुपरडुपर हिट सिनेमा बाहुबली बाट एकाएक चर्चामा आएका कलाकार सत्यराज उर्फ ‘कटप्पा’ । सत्यराजले पनि यो सिनेमामा मुख्य कलाकार प्रभासकै जती चर्चा पाएका थिए । यही सिनेमाबाट उनले दर्शकको मनमा आफ्नो लागी राम्रो स्थान बनाएका थिए । उनले ‘कटप्पा’ को भूमिकालाई यति न्यायपूर्वक निभाएका थिए कि, भारतमा वर्षभरी हुने अवार्डदेखि हरेक सिनेमाका कार्यक्रममा उनको नाम गुञ्जिएको थियो । अब उनै ‘कटप्पा’ले पूर्व विश्वसुन्दरी अर्थात बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको अपोजिटमा काम गर्न लागेको खबर बाहिरिएको छ ।

ऐश्वर्याले आफ्नो नयाँ सिनेमामा ‘कटप्पा’सँग स्क्रिन सेयर गर्ने लगभग पक्का भएको भारतीय संचार माध्यमले जनाएका छन् । सिनेमाका निर्देशक मणिरत्नमले आफ्नो आगामी बिग बजेटको सिनेमा ‘पोन्निनी सेल्वम’ मा सत्यराजलाई अनुबन्धित गरेका छन् । सत्यराजले यो सिनेमामा ऐश्वर्याको पतिको भूमिका निवार्ह गर्नेछन् । तर, यस बारेमा निर्देशक मणिरत्नमले अहिलेसम्म बोलेका छैनन् ।

यो सिनेमामा ऐश्वर्यासँगै उनका ससुरा अमिताभ बच्चन पनि देखिने सक्ने प्रवल सम्भावना छ । निर्देशक मणिरत्नमले ऐश्वर्या र अमिताभलाई एकसाथ सिनेमा अप्रोच गरेका थिए । यद्यपि, बिग बीले अहिलेसम्म यो सिनेमा गर्ने वा नगर्ने कुनै निर्णय लिइसकेका छैनन् । तर, साइरा नरसिंम्हा रेड्डी मार्फत साउथ इन्डस्ट्रीमा डेब्यू गरिसकेका अमिताभले यो सिनेमा पनि गर्ने सम्भावना बलियो रहेको छ ।

मणिरत्नमको यस बिग बजेट मल्टीस्टारर सिनेमा एक तमिल उपन्यासमा आधारित छ, जसमा ऐश्वर्या एक राजकुमारीको भूमिकामा देखिनेछिन् । जो एक राजासँग विवाह गर्छिन् तर उनले आफू रानी हुनुको गलत फाइदा उठाउँछिन् । राजाको भूमिका सत्यराजले निभाउनेछन् ।