‘जात्रै जात्रा’को शिर्ष गीत ‘जिवन जात्रा हो’ रिलिज (भिडियो)

‘जात्रै जात्रा’को शिर्ष गीत ‘जिवन जात्रा हो’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी जेष्ठ ३ गतेबाट प्रदर्शनमो तयारीमा रहेको सिनेमा ‘जात्रै जात्रा’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘जिवन जात्रा हो’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार विपिन कार्की, रविन्द्र सिंह बानिया र रविन्द्र झालाई फिचर्ड गरिएको छ । अर्जुन भट्टराईको शब्द रहेको गीतमा काली प्रसाद बास्कोटाको संगीत तथा स्वर छ । सार्वजनिक गीतको भिडियोलाई कोरियोग्राफर प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् ।

षट्कोण आर्टको व्यानरमा निर्माण भएको सिनेमालाई ‘जात्रा’ फेम्ड निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । निर्देशक भट्टराईका अनुसार ‘जात्रा’को कथा जहाँबाट सकिएको थियो, त्यहीबाट ‘जात्रै जात्रा’को नयाँ कथाको सुरुवात हुनेछ । रविन्द्र सिंह बानिया कार्यकारी निर्माता रहेको सिनेमा ‘जात्रै जात्रा’मा सिंगे लामा र यज्ञश्वर पौडेलको लगानी रहेको छ ।

सिनेमामा दयाहाङ राई, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर, प्रियंका झा लगायतका कलाकारको पनि अभिनय रहेको छ । ‘जात्रै जात्रा’मा शिवराम श्रेष्ठको छायांकन, काली प्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्धाजको संगीत, शंकर महर्जनको द्धन्द्व, मित्र डि गुरुङको सम्पादन रहेको छ ।