‘हजार जुनीसम्म’ गीत रिलिज : स्वस्तिमासँग एमजी रोडैमा सलोन र अखिलेस

‘हजार जुनीसम्म’ गीत रिलिज : स्वस्तिमासँग एमजी रोडैमा सलोन र अखिलेस

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक विकाश राज आचार्यको निर्देशनमा निर्माण भएको नयाँ सिनेमा ‘हजार जुनीसम्म’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सिनेमामा समावेश ‘एमजी रोडैमा’ बोलको गीत इन्टरनेटमा रिलिज गरिएको हो । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा संगीतकार सिवाकोटी र मेलिना राईको स्वर छ । सार्वजनिक गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार सलोन बस्नेत, स्वस्तिमा खड्का र अखिलेस प्रधानलाई फिचर्ड गरिएको छ । अखिलेस प्रधान ‘हजार जुनीसम्म’बाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन् । यो सिनेमा आगामी श्रावण ३० गतेबाट नेपालभरका सिनेमा घरमा प्रदर्शन हुँदैछ । विशाल चाम्लिङ्गको निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता कविता रेग्मी हुन् । सिनेमामा आर्यन सिग्देल, प्रिंयका कार्की, संचिता लुईंटेल, शिवहरी पौडेल र बालकलाकार अनुभव रेग्मीको पनि अभिनय रहेको छ ।

विशाल चाम्लिङ्गको कथा रहेको सिनेमामा निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, कविराज गहतराको कोरियोग्राफी, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ ।