रोहितको ‘सुर्यवंशी’मा अक्षय र कट्रिनाको जोडी पक्का !

रोहितको ‘सुर्यवंशी’मा अक्षय र कट्रिनाको जोडी पक्का !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडका सफल निर्देशक रोहित सेट्टीको निर्देशनमा निर्माण हुन लागेको नयाँ सिनेमा ‘सुर्यवंशी’मा अभिनेता अक्षय कुमार र कट्रिना कैफको जोडी बाँधिएको छ । लामो समयदेखि बलिउडमा ‘सुर्यवंशी’मा अक्षयको जोडी कोसँग बाँधिने भन्ने विषयले निकै चर्चा पाइरहेको थियो । कहिले ज्याकलिन त कहिले कट्रिना अक्षयको जोडी बन्ने समाचार बलिउड मिडियाले प्रकाशन गरिरहेका थिए । अन्ततः निर्देशक रोहितले अक्षयको जोडीको रुपमा कट्रिनालाई पक्का गरेका हुन् ।

करिब ९ वर्षपछि अक्षय र कट्रिनाले एकसाथ काम गर्न लागेका हुन् । ‘हमको दिवाना कर गया, नमस्ते लण्डन, तीस मार खान, दे दना दन, सिङ इज किङ’ लगायतका सिनेमामा उनीहरुको जोडीलाई दर्शकले निकै रुचाएका थिए । तर, अब ९ वर्षपछि कुमार अक्षयसँग रोमान्स गर्न फेरी एक पटक कट्रिना तयार भएकी छिन् । अक्षय कुमारले आफ्नो ट्विटरमा कट्रिनालाई आफ्नो टिममा स्वागत पनि गरेका छन् । एक्सन जनरामा निर्माण हुने यो सिनेमामा अक्षय कुमार प्रहरीको भूमिकामा प्रस्तुत हुनेछन् भने कट्रिना उनको प्रेमिकाको भूमिका देखिनेछिन् ।

‘धर्मा प्रोडक्सन’को व्यानरमा निर्माण हुने सिनेमामा करण जोहरको निर्माताको रुपमा रहने छन् । २०२० को इदलाई प्रदर्शन मिति पक्का गरिएको यो सिनेमामा छायाँकन केहीदिन सुरु गर्ने तयारीमा निर्माण टिम रहेका बलिउड मिडियाले जनाएका छन् ।