सलमान स्टारर प्रतिक्षित सिनेमा ‘भारत’को ट्रेलर रिलिज (भिडियो)

सलमान स्टारर प्रतिक्षित सिनेमा ‘भारत’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – इदको अवसर पारेर जुन ५ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुने बलिउडको प्रतिक्षित सिनेमा ‘भारत’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार बलिउड सुपरस्टार सलमान खान स्टारर सिनेमा ‘भारत’को ट्रेलर इन्टरनेटमा रिलिज गरिएको हो ।

अलि अब्बास जफरको निर्देशनमा निर्माण भएको सिनेमाको सार्वजनिक ट्रेलरमा सलमानलाई १८ वर्षको युवकदेखि ७० वर्षको वृद्धसम्मको भूमिकामा देखाइएको छ । एक्सन, लभस्टोरी कथामा निर्माण भएको सिनेमाको ट्रेलरमा सलमानले युवा अवस्थामा दिशा पटानी र वयस्क अवस्थामा कट्रिना कैफसँगको रोमान्सलाई निकै स्थान दिइएको छ ।

सिनेमामा सलमान, कट्रिना र दिशाका अलवा सुनिल ग्रोबर, ज्याकी श्राफलगायतका कलाकारको पनि अभिनय रहेको छ । ‘भारत’ सलमान र अलीको तेस्रो सहकार्य हो । योभन्दा अगाडि उनीहरुले ’सुल्तान’ र ’टाइगर जिन्दा हे’मा एकसाथ काम गरेका थिए । यी दुबै सुपरहिट भएको थियो । यो सिनेमामा कटरीको ठाउँमा पहिले प्रिंयका चोपडालाई साइन गराइएको थियो । अन्तीम समयमा प्रिंयकाले भारत छोडे पश्चात सिनेमामा कटरीनाको प्रवेश भएको थियो ।