‘कुटुमा कुटु’लाई युट्युबमा सर्वाधिक १० करोड भ्युज !

‘कुटुमा कुटु’लाई युट्युबमा सर्वाधिक १० करोड भ्युज !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – २०७४ सालको सुपरहिट सिनेमा ‘दुई रुपैयाँ’मा समावेश गीत ‘कुटुमा कुटु’लाई समाजिक सञ्जाल युट्युबमा सर्वाधिक १०० मिलियन अर्थात १० करोड भ्युज मिलेको छ । यो गीतलाई समाजिक सञ्जाल युट्युबमा रिलिज भएको २३ महिनामा १० करोड बढि भ्युज मिलेको छ । यो भ्युज नेपाली गीत संगीतलाई मिलेको सर्वाधिक हो । आजसम्म कुनै पनि गीतसंगीतलाई सामाजिक सञ्जाल युट्युबमा यती धेरै भ्युज बटुल्न सकेका थिएनन् ।

यो गीतमा सिनेमाका मुख्य कलाकार निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ र स्वस्तिमा खड्कालाई फिचर्ड गरिएको छ । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा संगीतकार सिवाकोटी र मेलीना राईको स्वर छ । यही गीतका कारण अभिनेत्री स्वस्तिमा खड्काको करियरले उचाई लिएको चर्चा नेपाली सिनेमा क्षेत्रमा हुने गरेको छ । उक्त गीतले १० मिलियन भ्युज पाएसँगै संगीतकार सिवाकोटीले गीत हेर्ने र सुन्ने सम्पुर्ण दर्शक तथा श्रोतालाई फेसबुक स्टाटस मार्फत धन्यवाद दिएका छन् ।