चीनको बक्सअफिसमा आयुष्मान स्टारर ‘अन्धाधुन’को धमकेदार कमाई !

चीनको बक्सअफिसमा आयुष्मान स्टारर ‘अन्धाधुन’को धमकेदार कमाई !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – २०१८ को सुपरहिट बलिउड सिनेमा ‘अन्धाधुन’ले चिनमा धमकेदार कमाई गरिरहेको छ । यो बलिउड सिनेमाले चीनको बक्स अफिसमा झण्डै पाँच सय करोड रूपैयाँ कमाउन सफल भएको छ । आयुष्मान खुराना, राधिका अप्टे र तब्बुको मुख्य भूमिका सिनेमामा रहेको छ । यो सिनेमाले भारतीय बक्सअफिसमा ७५ करोड माथीको व्यपार गरेको थियो ।

भियाकम १८ मोसन पिक्चर्स र म्याचबक्स पिक्चर्सले निर्माण गरेको ’अन्धाधुन’ चीनमा भने ’द पियानो प्लेयर’ नाममा रिलिज भएको थियो । सिनेमालाई श्रीराम राघवनले निर्देशन गरेका हुन् जो ’डार्क थ्रिलर’ सिनेमा निर्देशनमा सफल निर्देशक हुन् । श्रीरामले ‘अन्धाधुन’ भन्दा पहिले ’’एक हसिना थी’, ‘बदलापुर’ जस्ता सफल ‘डार्क थ्रिलर’ सिनेमा लेखन तथा निर्देशन गरेका थिए ।

‘अन्धाधुन’ भारतमा गत वर्ष अक्टोबर अर्थात दशराको अवसरमा रिलिज भएको थियो । भने, चीनमा यो सिनेमा यही अप्रिल ३ तारिखबाट रिलिज भएको हो । करिब १५ दिनमै यसले चिनियाँ बक्स अफिसमा कमाल गरिरहेको छ । सिनेमामा आयुष्मानले एक पियानोबादकको भूमिका निर्वाह गरेका छन् । उनी आँखा देख्न सक्ने हुन् वा होइनन् भन्ने विषयमा केन्द्रित रहेर सिनेमाको कथा तयार पारिएको छ ।

थोरै बजेटमा निर्माण भएको सिनेमा ‘अन्धाधुन’ले बक्सअफिसमा भने विश्वभर नै धमकेदार कमाई गर्न सफल भएको छ । यो सिनेमाले भारत तथा चीनमा समिक्षक तथा दर्शककाट उत्कृष्ट प्रतिक्रिया पाईरहेको छ । अन्धाधुन चीनमा सर्वाधिक कमाई गर्ने तेस्रो बलिउड सिनेमा बनेको छ । अहिले यो सिनेमाले चीनमा सर्वाधिक कमाई गर्ने बलिउड अभिनेता आमिर खानका दुई सिनेमा ’दंगल’ र ’सिक्रेट सुपरस्टार’ लाई पछ्याएको छ । ‘दंगल’ र ‘सिक्रेट सुपरस्टार’ चीनमा अहिलेसम्म धेरै कमाउने भारतीय सिनेमा हुन् ।

‘अन्धाधुन’ले छिमेकी मुलुकमा पाएको सफलताबारे खुसी व्यक्त गर्दै भियाकम १८ पिक्चर्सका सिइओ अजित अन्धारेले भनेका छन्,’ हामी एकदमै खुसी छौं । यस्तो नौलो खाले कथालाई दर्शकले धेरै मनपराइ दिनु भयो ।’ चीनमा भारतीय सिनेमाहरू ‘दंगल’ सिक्रेट ‘सुपरस्टार’देखि सलमान खानको ’बजरंगी भाइजान,’ इरफान खानको ’हिन्दी मिडियम’ले राम्रो कमाइ गर्न सफल भएका थिए ।