‘विर विक्रम २’ ट्रेलर रिलिज : वर्षाको मायामा पल र नाजीर (भिडियो)

‘विर विक्रम २’ ट्रेलर रिलिज : वर्षाको मायामा पल र नाजीर (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी जेष्ठ ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सिनेमाको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । पल शाह, वर्षा सिवाकोटी, नाजीर हुसने र बुद्धि तामाङ स्टारर सिनेमाको सार्वजनिक ट्रेलरमा प्राय सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ । ‘विर विक्रम २’को यसअघि सार्वजनिक गीतसंगीत र पोष्टरले दर्शकबाट उत्कृष्ट प्रक्रिया पाइरहेका छन् । यसैले पनि यो सिनेमालाई वर्ष २०७६ को प्रतिक्षित सिनेमको रुपमा हेरिएको छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता अर्पण सापकोटा हुन् । भने सिनेमामा रञ्जीता सिवाकोटी सह निर्माताको रुपमा रहेकीछन् । ‘विर विक्रम २’मा नाजीर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ । यो सिनेमालाई मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् ।

सिनेमामा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ । ‘विर विक्रम २’ विल्कुलै नयाँ कथामा निर्माण भएका कारण यो हिट सिनेमा ‘विर विक्रम’को सिक्वेल नभएको निर्माण टिमको भनाई छ ।