‘जात्रै जात्रा’ ट्रेलर : हराएको सुन खोज्दै विपिन, रविन्द्र र दयाहाङ

‘जात्रै जात्रा’ ट्रेलर : हराएको सुन खोज्दै विपिन, रविन्द्र र दयाहाङ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दुई वर्ष पहिले रिलिज भएको सुपरहिट सिनेमा ‘जात्रै जात्रा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सामाजिक सञ्जाल युट्युबबाट सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । प्रदीप भट्टराईको निर्देशनमा निर्माण भएको सिनेमाको सार्वजनिक ट्रेलरमा प्राय सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ । ‘जात्रा’ जहाँबाट सकिएको थियो त्यहीबाट ‘जात्रै जात्रा’को नयाँ कथा सुरु गरिएको निर्देशक भट्टराईको भनाई छ ।

षट्कोण आर्टको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रविन्द्र सिंह बानिया हुन् । भने, ‘जात्रै जात्रा’मा सिंगे लामा र यज्ञश्वर पौडेलको लगानी रहेको छ । सिनेमाको यसअघि सार्वजनिक प्रचार सामाग्री गीतसंगीत, पोष्टरले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेका छन् । ‘जात्रै जात्रा’का सार्वजनिक दुई गीत ‘माया पिरिममा’ र ‘जिवन जात्रा हो’ अहिले चर्चामा छन् । यसैले पनि यो सिनेमाले राम्रो व्यापार गर्ने निर्माण टिमको अपेक्षा छ ।

सिनेमामा विपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर, प्रियंका झा लगायतका कलाकारको पनि अभिनय रहेको छ । ‘जात्रै जात्रा’मा शिवराम श्रेष्ठको छायांकन, काली प्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्धाजको संगीत, शंकर महर्जनको द्धन्द्व, मित्र डि गुरुङको सम्पादन रहेको छ ।