‘दाल भात तरकारी’को नयाँ गीत ‘एन्टिबायोटिक खाउँला’मा हट प्रिंयका

‘दाल भात तरकारी’को नयाँ गीत ‘एन्टिबायोटिक खाउँला’मा हट प्रिंयका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख २० गते रिलिज हुने प्रतिक्षित सिनेमा ‘दाल भात तरकारी’को नयाँ गीत सार्वजनिक गरिएको छ । मह सञ्चारको व्यानरमा निर्माण भएको सिनेमामा समावेश ‘एन्टिबायोटिक खाउँला’ बोलको गीत शुक्रबार इन्टरनेटमा रिलिज भएको हो । प्रिंयका कार्कीलाई फिचर्ड गरिएको गीतमा शम्भुजित बाँस्कोटाको संगीत, हरिवंश आचार्यको शब्द तथा मिना निरौलाको स्वर छ । सार्वजनिक गीतमा प्रिंयका निकै बोल्ड देखिएकी छन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो चितवनमा छायाँकन गरिएको हो । निर्माण टिमका अनुसार अभिनेत्री प्रियंका कार्की सिनेमामा सार्वजनिक गीतमा मात्र देखिनेछिन् । यसअघि मह सञ्चारले बनाएको सिनेमा ’शत्रु गते’ मा भने उनी लिड रोलमा थिइन् । सिनेमामा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मा लिड रोलमा छन् । ’भिजिट भिषामा’ र ’दाल भात तरकारी’ बोलको गीतका कारण चर्चामा रहेको सिनेमाले अमेरिका जानका लागि मरिहत्ते गर्ने एक परिवारको कथालाई उठान गरेको छ ।

यसमा हरिवंश र निरुताले श्रीमान् श्रीमतीको भूमिका निभाएका छन् । करीब एक दशकपछि अभिनेत्री निरुता सिंहले नेपाली सिनेमामा मुख्य भुमिकामा कमव्याक गरेकी छन् । ‘दाल भात तरकारी’मा वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राई, मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितवंश आचार्य लगायतको अभिनय छ । सिनेमालाई प्रस्तुतकर्ता किरण केसीका छोरा सुदन केसीले निर्देशन गरेका हुन् ।

सिनेमाको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । सिनेमाको गीतमा प्रविन सिंह र कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । मित्र डि. गुरुङको सम्पादन रहेको सिनेमालाई दिर्घ गुरुङले छायाँकन गरेका हुन् । दाल भात तरकारीमा रमिला आचार्य, नरेन्द्र कंसाकार, सुमित मैनाली, अनुराग कुँवर, विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्माताको रुपमा छन् ।