‘रे’को पहिलो गीतमा रोमान्टिक बने सुजाता र दिवस (भिडियो)

‘रे’को पहिलो गीतमा रोमान्टिक बने सुजाता र दिवस (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असार २७ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शन हुने तयारीमा रहेको सिनेमा ‘रे’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । यो गीत शनिबार इन्टरनेटमा रिलिज भएको हो । ओम सुनारको संगीत रहेको ‘सागर माथि’ बोलको गीतमा मेलिना राई र ओम सुनारको स्वर छ । भने गीतको शब्द निर्माता राजेन्द्र त्रिपाठीले लेखेका हुन् ।

सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार दिवश धिताल र सुजता थापालाई फिचर्ड गरिएको छ । पोखराको फेवातालमा खिचिएको गीतमान मुख्य कलाकार दिवस र सुजाताले डुंगा चलाउँदै एकअर्कालाई आफ्नो प्रेम व्यक्त गरिरहेका छन् । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । सगुन फिल्मसको ब्यानरमा निर्मित सिनेमामा सुनिल थापा, पुर्णिमा लामा, क्रान्ति बराइली, अभि जोशी, रक्षा गुरागाईलगायतका कलाकारहरुको पनि अभिनय छ ।

सिनेमालाई दिनेश पौडेलले निर्देशन गरेका हुन् । यसको कथा पनि उनकै होे । काठमाडौँ उपत्यकाभित्र हुने प्रख्यात ३ जात्राहरु ललितपुरको मछेन्द्र नारायण जात्रा, काठमाडौँको इन्द्र जात्रा र भक्तपुरको बिस्केट जात्राको वरिपरि सिनेमाको कथा घुम्ने बताइएको छ । एक्सन, लभ, रोमान्स, कमेडी सबै खुराक सिनेमामा रहेको निर्देशक पौडेल बताए । यो सिनेमामा दोय कुमार श्रेष्ठ र शंकर महर्जनको द्वन्द्व निर्देशन छ । राजेन्द्र त्रिपाठी सिनेमाका निर्माता हुन् ।