सलमानको ‘दबंग’का कारण सर्यो रणवीरको ’ब्रह्मास्त्र’

सलमानको ‘दबंग’का कारण सर्यो रणवीरको ’ब्रह्मास्त्र’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यो बर्षको क्रिसमसमा बलिउडमा दुई ठुला सिनेमा ’ब्रह्मास्त्र’ र ’दबंग’को बक्सअफिस भिडन्तले तातेको छ । आगामी क्रिसमसमा रणवीर कपुर, आलिया भट्ट र अमिताभ बच्चन स्टारर ’ब्रह्मास्त्र’ र सुपरस्टार सलमान खान, सोनाक्षी सिन्हा स्टारर ’दबंग ३’ सँग हुने लगभग पक्का थियो । तर, अब निर्माता तथा निर्देशक करण जोहरको लगानीमा निर्माण भएको सिनेमा ’ब्रह्मास्त्र’ ले २०२० को समरलाई प्रदर्शन मिति सारेको छ ।

सलमानले शुक्रवार दबंग ३ को एक पोस्टरमार्फत् प्रदर्शन मिति घोषणा गरेका थिए । सलमानको सपरहिट फ्रेन्चाइज ’दबंग’को तेस्रो श्रृंखला यस वर्षको २० डिसेम्बरमा रिलिज हुनेछ । केही दिनयता यो सिनेमाको धमाधम छायांकन भैरहेको । सिनेमालाई प्रभु देवाले निर्देशन गरिरहेका छन् ।

’ब्रह्मास्त्र’ का लेखक तथा निर्देशक अयान मुखर्जीले शनिवार अफिसियल इन्स्टाग्राम एक पोस्टमा लेखेका छन्, ’हामीले क्रिसमस २०१९ मा सिनेमा रिलिज गर्ने घोषणा गरेका थियौं । तर, सिनेमामा भिएफएक्सलाई उत्कृष्ट बनाउनका लागि टिमलाई केही समय अझै लाग्ने भएको छ ।’ सिनेमामा भिएफएक्सको अत्याधिक प्रयोग गरिने भएकाले सिनेमाको प्रदर्शन मिति सार्नु परेको उनको भनाई छ ।

निर्देश अयानले लेखेका छन्, ’भिएफएक्समा पर्याप्य समय दिनुपर्ने भएकाले हामीले हाम्रो ड्रिम प्रोजेक्ट क्रिसमस २०१९ मा रिलिज गर्न नसक्ने भएका छौं । हामी चाँडै सिनेमाको नयाँ प्रदर्शन मिति घोषणा गर्नेछौं ।’ हामीले यो सिनेमालाई तीन भागमा निर्माण गर्दैछौं । डिम्पल कपाडिया, मौनी रोय र नागार्जुनको पनि सिनेमामा मुख्य भूमिका रहेकोछ ।