नेपाल प्रहरी र गुण्डागर्दीको कथा ‘कप्स’ ट्रेलर रिलिज (भिडियो)

नेपाल प्रहरी र गुण्डागर्दीको कथा ‘कप्स’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अनुप विक्रम शाही स्टारर सिनेमा कप्सको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले आइतबार ‘कप्स’को ट्रेलर इन्टरनेटमा रिलिज गरेको हो । सार्वजनिक ट्रेलरमा नेपाल प्रहरीले गुण्डागर्दीलाई निर्मुल पार्न गरेको संघर्षको कथालाई उठान गरेको छ । यो सिनेमामा अनुपविक्रमले डीएसपी अमन सिंहको भूमिका निर्वाह गरेका छन् । ‘कप्स’को सार्वजनिक ट्रेलरमा सिनेमाका प्राय सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ । सिनेमालाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो ।

प्रायः हिरोसँग बदला लिने चरित्रमा मात्र प्रस्तुत हुँदै आएका उनले यसमा एक सच्चा प्रहरी अधिकृतको भूमिका निभाएको बताए । सिनेमालाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । ‘कप्स’मा अनुपविक्रम र संन्दीपाका अलवा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को संयुक्त व्यानरमा निर्माण भएको सिनेमालाई राम शाक्यले निर्माण गरेका हुन् । कप्सले पोलिटिक्स, प्रहरी, पत्रकार र जनताको कथा उठान गरेको निर्देशक सापकोटाको भनाई छ । एक्सन र लभस्टोरी जनरामा बनेको सिनेमामा सुशान्त प्रजापतिको छायांकन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत, अष्ट महर्जनको द्वन्द्व, विपिन मल्लको सम्पादन रहेको छ ।