शाहरुखले माने ‘मै हु ना’को सिक्वेल निर्माण हुन्छ : फराह खान

शाहरुखले माने ‘मै हु ना’को सिक्वेल निर्माण हुन्छ : फराह खान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडमा सफल कोरियोग्राफरको रुपमा फराह खानलाई चिन्ने गरिन्छ । उनै फराहले सन् २००४ मा निर्माण भएको सुपरहिट सिनेमा ‘मै हु ना’ मार्फत निर्देशकको रुपमा डेब्यु गरेकी थिइन् । उनलाई निर्देशक बनाउने श्रेय अहिले पनि अभिनेता तथा निर्माता शाहरुख खानलाई जान्छ । शाहरुखकै लगानीमा निर्माण भएको सिनेमामा उनकै मुख्य भुमिका रहेको थियो ।

यसपछि शाहरुख र फराहले ‘ओम शान्ति ओम’ र ‘ह्याप्पी न्यु इयर’ लगायतका सुपरहिट सिनेमामा काम गनेका थिए । यी तिनै सिनेमाले बलिउडको बक्सअफिसमा बम्पर व्यापार गरेका थिए । तर, यसपछी फराह र शाहरुखले एक साथ सहकार्य गर्न सकेको छैन । हालै एक अन्तर्वार्ताको क्रममा फराहलाई बलिउड मिडियाले ‘मै हु ना’ को सिक्वेलको विषयमा प्रश्न गरेका थिए । सिनेमाको सिक्वेल बन्ने सम्भावना कत्तिको छ ? जवाफमा फराहले भनिन्, ‘यो सबै शाहरुखको निर्णयमा भर पर्छ ।’

उनले सिनेमा निर्माणको सम्पूर्ण अधिकार शाहरुखको कम्पनि रेड चिल्लीसँग रहेको बताइन । ‘सिक्वेलको लागि शाहरुख नै चाहिन्छन त्यसैले उनलाई यदि यो सिनेमा गर्नु पर्छ भन्ने लाग्छ भने म तयार छु’ फराहले भनिन् ‘सिनेमाको सिक्वेलको लागी मसँग ‘मै हु ना’ भन्दा राम्रो कथा पनि छ ।’ फराह र शाहरुखको सहकार्य सफल रहेकाले पनि यो सुपरहिट सिनेमाको सिक्वेल निर्माणमा किगं खान राजी हुने अनुमान बलिउड मिडियाको छ ।