महेश बाबु र पुज हेगडे स्टारर सिनेमा ‘महर्षि’को ट्रेलर रिलिज

महेश बाबु र पुज हेगडे स्टारर सिनेमा ‘महर्षि’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउथ सुपरस्टार महेश बाबु र पुज हेगडे स्टारर सिनेमा ‘महर्षि’को अफिसिय ट्रेलर सार्वजनिक गरिएको छ । वमशी पैदीपल्लीको निर्देशनमा निर्माण भएको सिनेमा मे ९ तारिखबाट विश्वभरका सिनेमा घरमा प्रदर्शनको तयारीमा रहेको छ । एक कार्यक्रमका विच सार्वजनिक गरिएको ट्रेलर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको बलिउड मिडियाले जनाएका छन् ।

जेवाई जयन्ती मुभिज, श्री वेङ्कटेश्वर क्रियसन र पिभिपी सिनेमाज्को व्यानरमा निर्माण भएको सिनेमामा महेश बाबु र पुजा हेगडेका अलवा अल्लारी नरेश, जगपती बाबु लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमामा महेश बाबुले बिजनेसम्यानको भुमिका निवार्ह गरेका छन् । जो विदेशमा पढेर भारत फर्केर किशानको हकहितको लागी सरकारसँग लड्छ ।