अर्जुन कपुर स्टारर ‘इण्डियाज मोस्ट वान्टेड’को ट्रेलर रिलिज

अर्जुन कपुर स्टारर ‘इण्डियाज मोस्ट वान्टेड’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा छायाँकन गरिएको बलिउड सिनेमा ‘इण्डियाज मोस्ट वान्टेड’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमा निर्माण युनिटले पोखरामा केहीदिन सेट लगाएर नै सिनेमाको छायाँकन गरेको थियो । पछिल्लो समय यो बलिउड सिनेमामा नेपाली कलाकारको पनि अभिनय रहने चर्चा थियो । सार्वजनिक ट्रेलरमा बलिउड अभिनेता अर्जुन कपुरसँगै नेपाल प्रहरीको वर्दीमा नेपाली कलाकार देख्न सकिन्छ । रवि गिरी, निर्देशक सुवर्ण थापा लगायतका अन्य नेपाली कलाकार ट्रेलरमा स्थान दिइएको छ ।

सत्य घटनामा आधारित सिनेमाको ट्रेलरमा भारतका साथै नेपालको काठमाडौं र पोखराका दृश्य पनि देख्न सकिन्छ । राजकुमार गुप्ताले निर्देशन गरेको यो सिनेमा आगामी मे २४ तारिखबाट विश्वभरका सिनेमा घरमा प्रदर्शनमा आउनेछ । भारतमा भएको आतंकवादी आक्रमणपछि अपराधी खोज्न नेपाल आएको भारतीय टिमको कथामा सिनेमा निर्माण भएको सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ ।