सानो मनको पहिलो गीत ‘रानो कम्मर’मा आयुष्मान र शिल्पाको ठुम्का

सानो मनको पहिलो गीत ‘रानो कम्मर’मा आयुष्मान र शिल्पाको ठुम्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आयुष्मान देशराज जोशी र शिल्पा मास्के स्टारर सिनेमा ‘सानो मन’को पहिलो गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजीत एक कार्यक्रमका बिच सिनेमामा समावेश पहिलो गीत ‘रानो कम्मर’ इन्टरनेटमा रिलिज गरिएको हो । सुयोग गुरुङको निर्देशनमा निर्माण भएको सिनेमाको सार्वजनिक गीतमा मुख्य पात्र आयुष्मान र शिल्पालगायत अन्य कलाकारलाई फिचर्ड गरिएको छ ।

कल्याण सिंह र रोमन बज्राचार्यको संगीत रहेको गीतमा रवी मल्ल र रोमज बज्राचार्यको शब्द तथा रोमन बज्राचार्य, सिम्मा गुरुङ र सुयोग गुरुङको स्वर छ । सार्वजनिक गीतमा भिडियोलाई साजन सिंहले कोरियोग्राफी गरेका हुन् । साजन बलिउड सुपरस्टार सलमान खानमा प्रर्सनल डान्स ट्रेनर हुन् । उनले पहिलो पटक नेपाली सिनेमाको गीतमा कोरियोग्राफी गरेका हुन् । ‘सानो मन’ असार २० गतेबाट नेपालभरका सिनेमा घरमा प्रदर्शन हुँदैछ । सिनेमाको पहिलो गीत रिलिजसँगै प्रदर्शन मिति पनि फाइनल गरिएको हो ।

https://youtu.be/ANy6NimqGZ4

तिस लाख लागतमा निर्माण भएको गीतमा मुख्य कलाकारले खुलेर नृत्य गरेका छन् । सिनेमाको कथा समिर सुनवार र निर्देशक गुरुङले लेखेका हुन् । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन भएको यस सिनेमाका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको निर्देशक गुरुङले बताए । सिनेमालाई आलोक शुक्लाले छायांकन गरेका हुन् ।

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा सानो मन निर्माण भएको हो । सिनेमाको सम्पादन सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर गरिरहेका छन् । सिनेमामा आयुष्मान र शिल्पाका अलवा गौरी मल्ल, रश्मी भट्ट, विशाल पहाडी, शिशिर बाङ्देल, सक्षक कृष्ण सुवेदी, कृष्ण भक्त महर्जन, लक्ष्मी भुषाल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।