‘एक था टाइगर’को तेस्रो सिरिजमा सलमानको जोडी कट्रिना ?

‘एक था टाइगर’को तेस्रो सिरिजमा सलमानको जोडी कट्रिना ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री कट्रिना कैफले तेस्रो पटक निर्देशक अली अब्बास जफरसँग सहकार्य गर्ने भएका छन् । उनीहरुले सुपरहिट सिनेमा ’एक था टाइगर’ सिरिजमा काम गर्ने भएका छन् । निर्देशक अली अब्बासले बउिडएको एक चर्चित मिडियासँग कुरा गर्दै यो हिट सिनेमाको तेस्रो सिरिजको घोषणा गरेका हुन् ।

अली अहिले आफ्नो नयाँ सिनेमा ’भारत’ मा व्यस्त छन् । यसमा अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ नै मुख्य भुमिकामा छन् । निर्देशक अली अब्बास सुपरस्टार सलमानका विश्वासिला निर्देशक हुन् । ’भारत’ भन्दा पहिले सलमान र अलीले ’सुल्तान’ र ’टाइगर जिन्दा हे’मा एकसाथ टिमअप गरेका छन् ।सिनेमाको कथालाई लिएर उनले एक बलिउड मिडियाको अन्तर्वार्तामा भने ’मेरो लागि सबैभन्दा पहिला सिनेमाको सिरिजका लागी कथा खोज्न निकै आवश्यक हुन्छ । तर, यस पटक म निकै खुसी छु किनकी, मसँग ’एक था टाइगर’को सिरिजिका लागि कहानी छ ।’ यस्तै यो फ्रेन्चाइजलाई अगाडि बढाउन निकै आवश्यक रहेको उनले बताए ।

सिनेमा ’एक था टाइगर’लाई कबीर खानले निर्देशन गरेका थिए । भने, ’टाइगर जिन्दा हे’ र नयाँ सिरिजलाई अलीले निर्देशन गर्दैछन् । उनले उक्त अन्तर्वार्तामा भने म ’भारत’ रिलिज भएपछि मात्र सिक्वेलको काम सुरु गर्दैछु । सम्भवतः २०२० बाट ‘एक था टाइगर’को तेस्रो सिरिजको छायांकन सुरु हुनेछ ।

अली अब्बासले ’एक था टाइगर’को तेस्रो सिरिजको आइडियाको बारेमा अभिनेता सलमान खान र निर्माता आदित्य चोपडासँग कुरा गरिसकेको बताए । उहाँहरु तेस्रो सिरिजको कथामा सकारात्मक हुनुहुन्छ । तर, पहिला ’भारत’ रिलिजको प्रतिक्षामा छु ।’ ’भारत’ ५ जुनमा विशवभरका सिनेमा घरमा रिलिज हुँदैछ । सिनेमामा सलमान र कट्रिनाका अलावा दिशा पाटनी, सुनील ग्रोवर, ज्याकी श्राफ, तब्बू लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।