बक्सअफिसमा आमने-सामने हुने भए ऋतिक र कंगना !

बक्सअफिसमा आमने-सामने हुने भए ऋतिक र कंगना !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सुपरस्टार ऋतिक रोशन र कंगना रनौतको गसिपले पुनः एक पटक बलिउड गर्माएको छ । बेला बेलामा उनीहरुको झगडाले बलिउड मिडियामा चर्चा हुने गर्छ । बलिउड मिडियामा ऋतिकको कुरामा कंगनाले बेलाबेलामा निकै आलोचना गर्ने गरेकी छन् । यस्तैमा अब यी दुबैले अभिनय गरेका सिनेमा बक्सअफिसमा जुँध्ने भएको छन् ।

केहीदिन पहिले जुन २६ को डेटमा कंगना रनौत र राजकुमार राव अभिनीत सिनेमा रिलिज हुने भएकाले ऋतिकले सुपर ३० को रिलिज पोस्टपोण्ड गरेको समाचार बलिउड मिडियाले प्रकाशन गरेका थिए । त्यसको केहीदिन पछि सुपर ३० निर्माण कम्पपिनले एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै एकै मितिमा दुई सिनेमा रिलिज गर्दा दुबै सिनेमालाई घाटा भएपनि आफुहरुले पहिले नै यो रिलिज मिति पक्का गरेकाले सुपर ३० सोही मितीमा रिलिज हुने जनाएको छ ।योसँगै कंगना स्टारर ‘मेन्टल है क्या’ र ऋतिक स्टारर ‘सुपर ३०’ एकै मितिमा लाग्ने पक्का भएको हो । दुबै सिनेमा जुलाई २६ मा रिलिज हुनेछन् । ‘मेन्टल है क्या’ सिनेमा निर्माण कम्पनी बालाजी टेलिफिल्म्सले व्यापरिक कोणलाई हेर्दै सिनेमा जुलाई २६ मा रिलिज गर्ने फैसला लिइएको जनाएको छ ।

‘मेन्टल है क्या’ नाम तथा सार्वजनिक पोस्टरका कारण विवादित रहँदै आएको छ । यस्तोमा दुई पूर्व प्रेमी प्रेमिकाको सिनेमा जुँध्ने भएपछि उनीहरूसँग सम्बन्धित थप विवाद सतहमा आउने अनुमान बलिउड मिडियाले गरिरहेका छन् ।