सस्पेन्स कमेडी ‘कुम्भ करण’ ट्रेलर रिलिज (भिडियो)

सस्पेन्स कमेडी ‘कुम्भ करण’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा ‘कुम्भ करण’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजीत एक कार्यक्रमका बिच सिनेमाको ट्रेलर इन्टरनेटमा सार्वजनिक गरिएको हो । सिनेमाको ट्रेलरमा डार्क कमेडीलाई फोकस गरिएको छ । सिनेमाको ट्रेलरमा मुख्य कलाकार गौरव पहाडी, भोलाराज सापकोटा, अभय बराल, निशा अधिकारी लगायतका कलाकारलाई स्थान दिइएको छ । यो सिनेमा आगामी जेष्ठ १७ गतेबाट प्रदर्शन हुँदैछ ।

दीपक वलीको निर्देशनमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता आकाश पल हुन् । आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निमार्ण भएको सिनेमाको कथा दिपक ओलीको हो, भने पटकथा तथा संवाद महेश दवाडीले तयार पारेका हुन् । सिनेमामा प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउले, प्रतिभा छेत्री लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको सिनेमामा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेको छन् । भने, सिनेमाका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन् । रिच इन्टरटेनमेन्टका करण श्रेष्ठले वितरण गर्ने सिनेमामा गोबिन्द मधुर आचार्यको संगीत, सुनिल बसेलको कोरियोग्राफी, हरि घले लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन रहेको छ ।