‘विर विक्रम २’ रिलिजको पूर्व सन्ध्यामा ‘ब्लाइण्ड रक्स’ युट्युबमा रिलिज

‘विर विक्रम २’ रिलिजको पूर्व सन्ध्यामा ‘ब्लाइण्ड रक्स’ युट्युबमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा ‘ब्लाइण्ड रक्स’ पुरा सिनेमा सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएको छ । निर्देशक चाम्सले आगामी जेष्ठ ३ गतेबाट प्रदर्शनको तयारीका रहेको सिनेमा ‘विर विक्रम २’ रिलिजको पूर्व सन्ध्या पारेर यो सिनेमा युट्युबमा सार्वजनिक गरिएको बताए । निकेश लिम्बुले निर्माण गरेको श्रृष्टी केसीको जिवनीमा निर्माण भएको वायोपिक सिनेमाले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

https://youtu.be/8QHtpeiBsXM

यही सिनेमामा श्रृष्टीको भुमिका निवार्ह गरेकी अभिनेत्री बेनिशा हमालले गतवर्ष आयोजना भएका थुप्रै अवार्ड समारोहमा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी थिइन् । बेनिशा हमाल, अपर्ण थापा, गौरी मल्ल, अनिल केशरी शाह, बसन्त भट्ट लगायतका कलाकारकाृ अभिनय रहेको सिनेमाको कथा, पटकथा तथा संवाद यम थापा र सुमन उप्रेतीले लेखेका हुन् । नवराज कृष्ण थापाले छायाँकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।