शाहिद र कियाराको एक्सन लभस्टोरी ‘कबिर सिंह’ ट्रेलर रिलिज

शाहिद र कियाराको एक्सन लभस्टोरी ‘कबिर सिंह’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘कबिर सिंह’को ट्रेलर रिलिज भएको छ । टिजर रिलिज पश्चात चर्चामा रहेको सिनेमाको ट्रेलरको दर्शक माँझ निक्कै प्रतिक्षा थियो । सन्दीप भांगा निर्देशित सिनेमाको शिर्ष भूमिकामा साहिद कपूर छन् ।

उनि ट्रेलरमा उम्दा रुपमा प्रस्तुत भएका छन् । लभस्टोरी ड्रामामा उनि जिद्दी र संकी प्रेमीको भूमिकामा छन् । ट्रेलरमा साहिदले पागलपनको हद पार गरेका छन् । लाउड क्यारेक्टर उनलाई जम्छ पनि । यसअघि ‘हैदर’ र ‘उड्ता पंजाव’मा उनि निक्कै लाउड थिए ।

भांगाले ‘कबिर सिंह’लाई ब्लकबस्टर तलेगु सिनेमा ‘अर्जुन रेड्डी’बाट उतारेका हुन् । त्यसैले उक्त फिल्मबाट थुप्रै सिन हुवहु सारिएको छ । सिनेमामा साहिदको अपोजिट कियारा आडवाणी छन् । सिनेमा जुन २१ मा विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ ।