‘झट्का’को पहिलो गीत ‘माया बस्यो रेडिमेड’ रिलिज (भिडियो)

‘झट्का’को पहिलो गीत ‘माया बस्यो रेडिमेड’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा ‘झट्का’को पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी जेठ ३१ गतेलाई रिलिज मिति तय गर्दै ‘झट्का’ को पहिलो गीत इन्टरनेटमा रिलिज गरिएको हो । पुरुषोत्तम न्यौपानेको संगीत, दिनेश सुवेदीको शब्द रचना रहेको ‘माया बस्यो रेडिमेड’ बोलको गीतमा मनिष रेश र सहिमा श्रेष्ठको स्वर रहेको छ । सार्वजनिक गीतको भिडियोमा सुरेश पाण्डेको कोरियोग्राफी हेर्न सकिन्छ ।

गीतको भिडियोमा सुरविर पण्डित (दाह्री बा), श्यामलाल श्रेष्ठ र मनिता श्रेष्ठ लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । सार्वजनिक भिडियोमा कलाकार सुरवीर पण्डित अर्थात दाह्री बालाई भिन्न लुक्स र गेटअपमा प्रस्तुत गरिएको छ । यसले सिनेमामा पण्डितले नेगेटिभ रोल निर्वाह गरेको बुझ्न सकिन्छ । उनको यो भिन्न लुक्सले दर्शकलाई सिनेमाप्रति कौतुहलता बढाउने निर्माण टिमको बुझाई छ । सिनेमामा सुरविर पण्डित, श्याम लाल श्रेष्ठ, मनिता श्रेष्ठका अलवा रक्षा गुरागाइँ, ईश्वर गुरुङ, उमेश बिसुङ्खे, हिक्मत कुवँर, प्रदिप काफ्ले लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

सिनेमालाई रमेश बिसुङ्खेले निर्देशन गरेका हुन् । सिनेमाको कथा, पटकथा तथा संवाद निर्देशक स्वंयमले तयार पारेका हुन् । सिनेमाले काठमाडौंको रात्री जीवनको कथा वाचन गरेको निर्देशकको भनाई छ । जीवन पराजुलीले छायाँकन गरेको सिनेमालाई तुलसीलाल नेवाले निर्माण गरेका हुन् । भने, सिनेमाका कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् । निर्देशक आफैंले फिल्मको सम्पादन गरेका छन् ।