भारतीय सीमा सुरक्षा बल बीएसएफ कथामा सलमान ?

भारतीय सीमा सुरक्षा बल बीएसएफ कथामा सलमान ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खानको सिनेमा क्रेज अहिले अहिले उत्कृष्ट फेजमा छ । उनले केही वर्ष अघि अभिनय गरेको सिनेमा ‘वान्टेड’बाट सलमानको क्रेज एक पटक पुन चम्किएको हो । पछिल्लो समय सलमानको सिनेमा छनोट गर्ने शैलीमा विततका वर्षमा निकै परिवर्तन भएको छ । सलमानलाई अहिले दर्शकले एक्सन, कमेडी भन्दा फरक गम्भीर भूमिकामा रुचाउन थालेका छन् ।

सलमानको मल्टीस्टारर सिनेमा ‘भारत’ रिलिज पश्चात ‘दबंग ३’, ‘इन्शाअल्लाह’, ‘किक २’ लगायतका केही सिनेमा पाइपलाइनमा छन् । केहीदिन देखि बलिउड मिडियामा आईरहेका समाचार अनुसार सलमान अर्को एउटा शक्तिशाली विषयवस्तु माथी निर्माण हुने सिनेमा लिएर आउँदैछन् । यो प्रोजेक्ट बीएसएफ अर्थात सीमा सुरक्षा बलको बायोपिकमा आधारित हुनेछ ।भारतको सिमाना वरीपरी घुम्ने सिनेमाको कथा भएकाले सलमान यसबाट निकै प्रभावित छन् । यो बायोपिक सिनेमा रहेको बलिउड मिडियाले जनाएका छन् । केही दिन पहिलो मात्र सलमानलाई एक ठूलो ब्यानरले उक्त बायोपिकमा काम गर्नका लागि प्रस्ताव गरेको खबर बलिउड मिडियामा प्रकाशित भएको थियो ।

सिनेमाको कथा एक सीमा सुरक्षा बलका जवानको जिन्दगीमा आधारित हुनेछ । सलमान सिनेमामा काम गर्न तयार भएको खण्डमा कश्मीरको सेट लगाएर सिनेमाको छायाँकन गरिने छ । यो सिनेमाले एक भारतीय सैनिकको साहस र प्रेरणाको कथा भन्ने छ । जसले १२–१४ वर्ष अगाडि आफ्नै बलले मुजाहिद्दीनको आंतकको अन्त्य गरेको थियो ।सलमानले यस्तो साहसी कथा दर्शकमाझ पुग्नु आवश्यक ठानेर नै यो सिनेमामा काम गर्ने ग्रिन सिग्नल निर्माण टिमलाई दिसकेको बलिउड मिडियाले जनाएका छन् । सलमानले मौखिक रुपमा निर्माण कम्पनीलाई सिनेमामा काम गर्न सहमति जनाए पनि आधिकारिक रुपमा साइन गरिसकेका छैनन् । तर, निर्माण कम्पनीका अनुसार चाँडै सलमानलाई सिनेमा साइन गराएर सुटिङको मिति पक्का गर्ने जनाएको छ ।