द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खानको सिनेमा क्रेज अहिले अहिले उत्कृष्ट फेजमा छ । उनले केही वर्ष अघि अभिनय गरेको सिनेमा ‘वान्टेड’बाट सलमानको क्रेज एक पटक पुन चम्किएको हो । पछिल्लो समय सलमानको सिनेमा छनोट गर्ने शैलीमा विततका वर्षमा निकै परिवर्तन भएको छ । सलमानलाई अहिले दर्शकले एक्सन, कमेडी भन्दा फरक गम्भीर भूमिकामा रुचाउन थालेका छन् ।
सलमानको मल्टीस्टारर सिनेमा ‘भारत’ रिलिज पश्चात ‘दबंग ३’, ‘इन्शाअल्लाह’, ‘किक २’ लगायतका केही सिनेमा पाइपलाइनमा छन् । केहीदिन देखि बलिउड मिडियामा आईरहेका समाचार अनुसार सलमान अर्को एउटा शक्तिशाली विषयवस्तु माथी निर्माण हुने सिनेमा लिएर आउँदैछन् । यो प्रोजेक्ट बीएसएफ अर्थात सीमा सुरक्षा बलको बायोपिकमा आधारित हुनेछ ।
भारतको सिमाना वरीपरी घुम्ने सिनेमाको कथा भएकाले सलमान यसबाट निकै प्रभावित छन् । यो बायोपिक सिनेमा रहेको बलिउड मिडियाले जनाएका छन् । केही दिन पहिलो मात्र सलमानलाई एक ठूलो ब्यानरले उक्त बायोपिकमा काम गर्नका लागि प्रस्ताव गरेको खबर बलिउड मिडियामा प्रकाशित भएको थियो ।
सिनेमाको कथा एक सीमा सुरक्षा बलका जवानको जिन्दगीमा आधारित हुनेछ । सलमान सिनेमामा काम गर्न तयार भएको खण्डमा कश्मीरको सेट लगाएर सिनेमाको छायाँकन गरिने छ । यो सिनेमाले एक भारतीय सैनिकको साहस र प्रेरणाको कथा भन्ने छ । जसले १२–१४ वर्ष अगाडि आफ्नै बलले मुजाहिद्दीनको आंतकको अन्त्य गरेको थियो ।
सलमानले यस्तो साहसी कथा दर्शकमाझ पुग्नु आवश्यक ठानेर नै यो सिनेमामा काम गर्ने ग्रिन सिग्नल निर्माण टिमलाई दिसकेको बलिउड मिडियाले जनाएका छन् । सलमानले मौखिक रुपमा निर्माण कम्पनीलाई सिनेमामा काम गर्न सहमति जनाए पनि आधिकारिक रुपमा साइन गरिसकेका छैनन् । तर, निर्माण कम्पनीका अनुसार चाँडै सलमानलाई सिनेमा साइन गराएर सुटिङको मिति पक्का गर्ने जनाएको छ ।


प्रतिक्रिया