बाबु र छोराको सम्बन्धको कथा ‘आप्पा’ ट्रेलर रिलिज (भिडियो)

बाबु र छोराको सम्बन्धको कथा ‘आप्पा’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दयाहाङ राई स्टारर सिनेमा ‘आप्पा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजीत एक कार्यक्रमका विच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा बरिष्ठ निर्देशक तथा कलाकार तुलसी घिमिरे, कलाकार सिद्धान्त राज तामाङ, अल्लोना कावो लेप्चा, निर्देशक अनमोल गुरुङ उपस्थीत थिए । भने, सिनेमाका मुख्य कलाकार तथा ‘आप्पा’ दयाहाङ राई अर्को सिनेमाको छायाँकनमा व्यस्त रहेका कारण अनुपस्थीत थिए ।

लेखक तथा निर्देशक गुरुङले ‘आप्पा’ पुर्ण रुपमा मनोरञ्जनात्मक सिनेमा निर्माण गरेको बताए । उनले भने, – ‘मलाई आर्ट सिनेमा निर्माण गर्न आउँदैन र बनाउँदैन पनि त्यसैले ‘आप्पा’लाई सम्पुर्ण दर्शक तथा पत्रकारले मनोरञ्जनात्मक सिनेमाको रुपमा लिनु हुनेछ भन्ने विश्वास छ ।’

बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको सिनेमालाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यु निर्देशकिय सिनेमा हो । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । सिनेमा आगामी असार १३ गतेबाट नेपाल तथा भारतमा एकसाथ रिलिज हुँदैछ ।

सिनेमामा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।