‘ए मेरो हजुर ३’को नयाँ गीत रिलिज, राधे कृष्ण भन्दै नाचिन सुहाना

‘ए मेरो हजुर ३’को नयाँ गीत रिलिज, राधे कृष्ण भन्दै नाचिन सुहाना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गतवर्षको चैत्र २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा एक ‘मेरो हजुर ३’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहिबार सिनेमा रिलिजको ५१ औं दिनको पूर्वसन्ध्यामा ‘राधे कृष्ण’ बोलको गीत इन्टरनेटमा रिलिज गरिएको हो । सार्वजनिक गीतमा सिनेमाकी मुख्य कलाकार सुहाना थापालाई फिचर्ड गरिएको छ । यो सुहानाको डेव्यु सिनेमा हो । सिनेमा रिलिज पश्चात सुहानाको अभिनयलाई दर्शक तथा समिक्षकले उत्कृष्ट बताएका थिए ।

सिनेमाको सार्वजनिक गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत रहेको छ । भने, उदयराज पौडेलले एरेञ्ज गरेको गीतमा प्रविसा अधिकारी र सुरज लामाको स्वर छ । सञ्जय लामाले छायाँकन गरेको सिनेमाको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी र दिर्घ खड्काको सम्पादन रहेको छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

‘ए मेरो हजुर’को दोस्रो सिरिज ‘ए मेरो हजुर २’ले नेपाली बक्सअफिसमा साढे ६ करोड माथीको ग्रस कलेक्सन गरेको थियो । यस्तै, सुपरस्टार अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा स्टारर सिनेमा ‘ए मेरो हजुर ३’ले ५१ दिन पुग्दै गर्दा नेपाली बक्सअफिसमा ९ करोड ६३ लाख ग्रस कलेक्सन गर्न सफल भएको छ ।स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको सिनेमालाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराएका छन् । सिनेमामा निर्देशक झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।