‘प्रेम दिवस’को शिर्ष गीत रिलिज (भिडियो)

‘प्रेम दिवस’को शिर्ष गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रियंका कार्की, आयुष्मान देशराज जोशी र डेव्यु अभिनेता विशाल खरेल स्टारर सिनेमा ‘प्रेम दिवस’को शिर्ष गीत सार्वजनिक गरिएको छ । आगामी जेठ ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको योगेश घिमिरे निर्देशित सिनेमा ‘प्रेम दिवस’को शिर्ष गीत विहिबार इन्टरनेटमा रिलिज गरिएको हो । करण राज कार्कीको संगीत रहेको गीतमा सन्तोष पोखरेलको शब्द तथा सुरज तामाङ र शैलु आरएल सिंहको स्वर छ । सार्वजनिक गीतको भिडियोमा सिनेमा भित्रका चल, अचल दृश्यहरु समावेश गरिएको छ ।

भिडियोमा सिनेमाका मुख्य कलाकार अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीलाई फिचर्ड गरिएको छ । गीतले एक जोडीको प्रेमभाव बोल्छ । सिनेमा त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको निर्देश घिमिरेको भनाई छ । प्रियंकाको एक गरिब र धनी युवकसँग प्रेम रहँदा आइपर्ने उचार चढावमा सिनेको कथा केन्द्रित रहेको निर्माण टिमले जानकारी दिएको छ । सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

सिनेमामा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र विशाल खरेलका अलवा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । विशाल खरेलले यो सिनेमाबाट डेब्यू गर्दैछन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमालाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् भने, ‘प्रेम दिवस’मा मानकृष्ण महर्जनको छायाँकन रहेको छ । मनिष दाहाल निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । ‘प्रेम दिवस’ का गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।