द सिनेमा टाइम्स, काठमाडौं – इद उल फितरको अवसरमा बुधबारबाट प्रदर्शनमा आउन लागेको बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री कटरीना कैफको प्रमुख भूमिका रहेको सिनेमा ‘भारत’ नेपालमा भने शुक्रबार मात्रैप्रदर्शनमा आउने चर्चा थियो । बोर्ड पनिले शुक्रबार मात्र रिलिज गर्न दिने बताउँदै आएको थियो । तर, नेपाल वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले बुधबार नै ‘भारत’ नेपाल रिलिज गर्न पाउनु पर्ने भन्दै बोर्डको निर्णयविरुद्ध जिल्ला अदालत काठमाण्डौंमा रिट दायर गरेको थियो ।
जिल्ला अदालत काठमाण्डौंले बलिउड सुपरस्टार सलमान खान स्टारर सिनेमा ‘भारत’लाई नेपालमा बुधबार नै रिलिज गर्न चलचित्र विकास बोर्डको नाममा अन्तरिम आदेश जारी गरेको छ । अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न समेत चलचित्र विकास बोर्डलाई सचेत गराएको छ । अदालतको आदेशपछि अब बुधबार नै भारत नेपालमा रिलिज हुने भएको छ । यसअघि सिनेमा ‘कलंक’ लाई भारतमा प्रदर्शनमा आएकै दिन अर्थात् बुधबार नेपालमा पनि रिलिज गर्न चलचित्र विकास बोर्डले रोकेको थियो ।


प्रतिक्रिया