धनुष स्टारर हलिउड सिनेमा ‘द एस्ट्रा अडिनरी जोर्नी अफ फकिर’को ट्रेलर रिलिज

धनुष स्टारर हलिउड सिनेमा ‘द एस्ट्रा अडिनरी जोर्नी अफ फकिर’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउथ स्टारर धनुष अभिनित हलिउड सिनेमा ‘द एस्ट्रा अडिनरी जोर्नी अफ फकिर’को ट्रेलर सार्वजनिक गरिएको छ । यो धनुषको डेव्यु हलिउड सिनेमा हो । यो सिनेमा प्रदर्शन पूर्व थुप्रै फिल्म फेस्टिभलमा प्रदर्शन भैसकेको छ । भने, सिमक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको सिनेमाले केहि अन्तर्राष्ट्रिय अर्वाड समेत जितिसकेको छ । अव यो सिनेमा जुन २१ तारिखबाट विश्वभरको सिनेमा हलमा प्रदर्शन हुँदैछ ।

यो सिनेमा रोमनको पुर्टोलस् नाम चर्चित पुस्तक माथी आधारित रहेको छ । सिनेमाको कथा पेरिस यात्रामा रहेको एक भारतीय जादुगरको वरिपरि घुमेको छ । जसले विश्वभरका शरणार्थीको समस्या समाधान गर्ने सपना देख्छ, त्यसको समाधान गर्नको लागी जादु देखाएर पैसा कमाउन थाल्ने एक पात्रको कथा सिनेमाले उठान गरेको छ । ‘द एस्ट्रा अडिनरी जोर्नी अफ फकिर’ कमेडी जनरामा निर्माण गरिएको छ ।

केन स्कार्टले निर्देशन गरेको सिनेमालाई सौरभ गुप्ता, गुलजार सिंह, चहल, अदिती आनन्द, समिर गुप्ता, ल्युक बोसी, जैमे मातेस आलोचना, ग्रीगोइरे लेसाल्ले, जेनेवीवे लगायतको टिमले निर्माण गरेको हो । सिनेमामा धनुषका अलवा बेर्निस बेजो, आयन मोरार्टी, बार्काड अब्दी, बेन मिलर, जेरार्ड जुनौट, अर्मुत सन्त, हार्दिक सिंह लगायतका कलाकार को अभिनय रहेको छ ।