ऋतिक स्टारर प्रतिक्षित सिनेमा ‘सुपर ३०’को ट्रेलर रिलिज

ऋतिक स्टारर प्रतिक्षित सिनेमा ‘सुपर ३०’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता ऋतिक रोशन स्टारर प्रतिक्षित सिनेमा ‘सुपर ३०’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा ऋतिकले ‘सुपर ३०’ लाई उत्पादन गर्न गरेको संघर्ष र त्यागलाई देखाइएको छ । उनले इण्डियाको गरिब परिवारबाट कसरी ३० होनहारलाई विश्व सामु चिनाउछन भन्ने कथामा सिनेमा आधारित छ ।

जुलाई १२ मा रिलिज हुने सिनेमामा आकर्षण भने ऋतिक नै हुन् । उनले यसै सिनेमाको लागि निकै महेनत गरेका छन् । ट्रेलर रिलिजसँगै दर्शकले ऋतिकको अभिनय र लुक्सको प्रसंशा गरेका छन् । गत जनवरी २५ मा सिनेमा रिलिज हुने तयारी थियो तर उक्त डेटमा कंगना रनौत अभिनित सिनेमा ‘मनिकर्णिका’ रिलिज हुने भएपछी ऋतिकले नै सिनेमाको प्रदर्शन मिति परिवर्तन गरेका थिए । यति मात्र नभई सिनेमाका निर्देशक बिकास बहल मिटु काण्डमा मुछीएपछी निर्माण टिमले केहि समय सिनेमाको काम समेत रोकेको थिए ।

केही वर्ष पहिले देखि चल्दै आएको कंगना रनौत र ऋतिक रोशनको कोल्ड वारका कारण पनि निर्माण पक्षले सिनेमालाई अन्य डेटमा सारेको हो । निर्माण टिम ऋतिक र कंगनाको सिनेमा एकसाथ रिलिज नहोस भन्ने चाहानाका कारण ‘सुपर ३०’को प्रदर्शन मिति जुलाई पुगेको हो । सिनेमामा ऋतिक रोशनका अलवा विरेन्द्र सक्सेना, मनुरल ठाकुर, नन्दीश शर्मा, पंकज त्रिपाठीलगायतका कलाकारहरुको पनि अभिनय छ । ऋतिक अभिनेती सिनेमा ‘काबिल’ २०१७ मा प्रदर्शन भएको थियो । त्यसपछि ऋतिक अभिनीत कुनैपनि सिनेमा प्रदर्शन भएका छैनन् ।