काठमाडौंको रात्री जीवनको कथा ‘झट्का’को ट्रेलर रिलिज

काठमाडौंको रात्री जीवनको कथा ‘झट्का’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी जेष्ठ ३१ गते रिलिज हुने सिनेमा ‘झट्का’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौं रात्री जीवनको कथा समेटिएको सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकलाई कौतुहलता जगाउनेमा निर्माण टिम विश्वस्त छ । यो सिनेमा ट्रेलर सोमबार सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलरमा सिनेमाका सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ ।

सिनेमामा सुरवीर पण्डित अर्थात दाह्री बालाई भिन्न लुक्स र गेटअपमा प्रस्तुत गरिएको छ । यसले सिनेमामा पण्डितले नेगेटिभ रोल निर्वाह गरेको बुझ्न सकिन्छ । उनको यो भिन्न लुक्सले दर्शकलाई सिनेमाप्रति कौतुहलता बढाउने निर्माण टिमको बुझाई छ । सिनेमामा सुरविर पण्डित, श्याम लाल श्रेष्ठ, मनिता श्रेष्ठका अलवा रक्षा गुरागाइँ, ईश्वर गुरुङ, उमेश बिसुङ्खे, हिक्मत कुवँर, प्रदिप काफ्ले लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

सिनेमालाई रमेश बिसुङ्खेले निर्देशन गरेका हुन् । सिनेमाको कथा, पटकथा तथा संवाद निर्देशक स्वंयमले तयार पारेका हुन् । सिनेमाले काठमाडौंको रात्री जीवनको कथा वाचन गरेको निर्देशकको भनाई छ । जीवन पराजुलीले छायाँकन गरेको सिनेमालाई तुलसीलाल नेवाले निर्माण गरेका हुन् । भने, सिनेमाका कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् । निर्देशक आफैंले फिल्मको सम्पादन गरेका छन् ।