आत्मा र मान्छेबीचको लडाई ‘घर’को डरलाग्दो ट्रेलर रिलिज

आत्मा र मान्छेबीचको लडाई ‘घर’को डरलाग्दो ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक तथा अभिनेता अर्पण थापा, सुरक्षा पन्त, बेनिशा हमाल स्टारर हरर सिनेमा ‘घर’को अफिसियल ट्रेलर सार्वननिक गरिएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा अभिनेत्री सुरक्षा पन्तको डरलाग्दो अवतार प्रस्तुत गरिएको छ । अर्पण थापाको निर्देशनमा निर्माण भएको सिनेमा आगामी श्रावण ३ गतेबाट दर्शकलाई तर्साउन हल पुग्ने छ । सिनेमाको ट्रेलरमा आत्मा र मान्छेबीचको लडाइलाई चित्रण गरिएको छ ।

सिनेमामा सुरक्षा र निर्देशक थापाले पति-पत्नीको भूमिका निर्वाह गरेका छन् । गत वर्ष थापाकै निर्देशनमा निर्माण भएको हरर सिनेमा ‘सुनकेशरी’ रिलिज भएको थियो । जसले हरर सिनेमाको इतिहाँसमै सर्वाधिक चर्चा बटुलेको थियो । एक दम्पत्तिले नयाँ घर किनेर बसाइ सरेसँगै उत्पन्न हुने अस्वभाविक द्धन्द्धको कथावस्तु सिनेमाले उठान गरेको छ । ‘घर’मा अभिनेत्री बेनिशा हमाललाई पनि पहिलो पटक भिन्न अवतारमा प्रस्तुत गरिएको सार्वजनिक ट्रेलरबाट प्रस्ट हुन्छ ।

डिएस डिजिटल प्रालीको व्यानरमा निर्माण गरिएको सिनेमाकी प्रस्तुतकर्ता शर्मिला पाण्डे हुन् । सिनेमालाई निर्देशक दिपेन्द्र के खनाल र अभिनेता सुरज पाण्डेले मिलेर निर्माण गरेका हुन् । भने, घरको सह-निर्मातामा सन्तोष अधिकारी रहेका छन् । निरज कँडेलले छायाँकन गरेको सिनेमाको सम्पुर्ण सुटिङ्ग २० दिनमा सकिएको थियो ।

सिनेमामा अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन, बिकास खनाल लगायतका कलाकारको पनि अभिनय रहेको छ । श्रीकृष्ण श्रेष्ठ र मनोज श्रेष्ठले भिएफएक्स गरेको सिनेमालाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।