आयुष्मान र प्रियंकाले गाएको ‘प्रेम दिवस’को शिर्ष गीत रिलिज

आयुष्मान र प्रियंकाले गाएको ‘प्रेम दिवस’को शिर्ष गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी जेष्ठ ३१ गतेबाट प्रदर्शनको तयारी मा रहेको सिनेमा ‘प्रेम दिवस’को नयाँ गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशीको स्वर समावेश गरिएको छ । प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिमले यो गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा मुख्य कलाकार प्रियंका र आयुष्मानलाई फिचर्ड गरिएको छ ।

करण राज कार्कीको संगीत र सन्तोष पोखरेलको शब्द रहेको यो गीतलाई सुरज तामाङ र शैलु आरएल शाहले स्वर दिएका थिए । थिए उनीहरु यो गीतका ओर्जिनल गायक गायिका हुन् । भने, अभिनेत्री प्रियंका कार्की र आयुष्मा देशराज जोशीले कभर गीतको रुपमा यो गीत गायका हुन् । निमार्ण टिमले सिनेमाको हाइप बनाउन उक्त गीत प्रियंका र आयष्मानको स्वरमा रि रेकर्ड गराएको हो ।

यो सिनेमालाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर सिनेमा निर्माण गरिएको निर्देश घिमिरेको भनाई छ । प्रियंकाको एक गरिब र धनी युवकसँग प्रेम रहँदा आइपर्ने उचार चढावमा सिनेमाको कथा केन्द्रित रहेको निर्माण टिमले जानकारी दिएको छ । सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

सिनेमामा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र विशाल खरेलका अलवा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । विशाल खरेलले यो सिनेमाबाट डेब्यू गर्दैछन् ।रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमालाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् भने, ‘प्रेम दिवस’मा मानकृष्ण महर्जनको छायाँकन रहेको छ । मनिष दाहाल निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । ‘प्रेम दिवस’ का गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।