‘भारत’को बक्सअफिसमा उछाल, चार दिनमा कमायो सय करोड

‘भारत’को बक्सअफिसमा उछाल, चार दिनमा कमायो सय करोड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सलमान खान स्टारर सिनेमा ‘भारत’ले बक्सअफिसमा बम्पर कारोबार गरिरहेको छ । यो सिनेमा प्रदर्शनको चौथो दिनमा एक सय करोड क्लबमा प्रवेश गरेको छ । यो सिनेमाले भारतीय बक्सअफिसमा नयाँ नयाँ रकर्ड बनाइरहेको समाचार भारतीय मिडियाले प्रसारण तथा प्रकाशन गरिरहेका छन् । अलि अब्बास जफरको निर्देशनमा निर्माण भएको सिनेमामा कटरीना कैफको पनि मुख्य भुमिका रहेको छ । ‘भारत’ सलमानको अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ गर्ने सिनेमा साबित भएको छ ।

यो सिनेमाले भारतीय बक्सअफिसमा पहिलो दिन ४२ करोड ३० लाखको ओपनिङ कारोबार गरेको थियो । जसले सलमानको सिनेमा ’प्रेम रतन धन पायो’ (४० करोड ३५ लाख) को रेकर्ड तोडेको थियो । ‘भारत’ ले दोस्रो दिन ३१ करोड र तेस्रो दिन २२ करोड २० लाखको व्यापार गरेको छ । चौथो दिन पनि सिनेमाले बक्सअफिसमा आफ्नो दबदबा कायमै राख्यो । चौथो दिन सिनेमाले भारतीय बक्सअफिसमा २६ करोड ७० लाखको कारोबार गरेको छ ।

ट्रेड एनालिस्ट तरुण आदर्शले ट्वीटमार्फत् सिनेमाले प्रदर्शनको चौथो दिनमा भारतबाट मात्र कुल १ सय २२ करोड २० लाखको कारोबार गरेको जानकारी दिएका छन् । यो सिनेमासँगै सय करोड क्लबमा सबैभन्दा धेरै सिनेमाको रेकर्ड सलमानको नाममा गएको छ । उनका १४ वटा सिनेमा बक्सअफिसमा एक सय करोड कमाएका छन् ।

बक्सअफिसमा ‘भारत’ले ५ दिने विकेन्डमा १ सय ५० करोडभन्दा माथी व्यापार गर्ने अनुमान सिनेमा पण्डितहरुको भनाई छ । तर, आइतबार भारत र अष्ट्रेलियाको क्रिक्रेट म्याचले केही मात्रामा असर गर्ने अनुमान ट्रेड एनालिस्टहरुको छ । अहिले चलिरहेको विश्वकपका कारण ‘भारत’ले ५ दिने विकेन्डमा १ सय ५० करोडको आँकाडा पार गर्न मुश्किल खेखिएको छ । जसले सिनेमाको व्यापारमा असर पुग्न सक्छ ।

समिक्षकले ‘भारत’लाई सलमानको उत्कृष्ट सिनेमा मध्येको एक बताएका छन् । तर, दर्शकबाट भने सिनेमालाई मिश्रीत प्रतिक्रिया मिलिरहेको छ । सिनेमामा सलमान र कटरीनाका अलवा दिशा पाटनी, सुनील ग्रोवर, नोरा फतेही, ज्याकी श्राफ र सोनाली कुलकर्णीको मुख्य भूमिका रहेको छ ।