अस्ताए गिरिश कर्नाड, कर्नाटकमा तीन दिन राजकीय शोक घोषणा

अस्ताए गिरिश कर्नाड, कर्नाटकमा तीन दिन राजकीय शोक घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कन्नडका वरिष्ट नाटककार, रंगकर्मी, अभिनेता, निर्देशक र स्क्रिन राइटर गिरिश कर्नाडको ८१ वर्षको उमेरमा निधन भएको छ । बलिउडका केहि सिनेमामा समेत आफ्नो अभिनयको जादु पस्किसकेका कर्नाड लामो समयदेखि अश्वस्थ थिए । उनको निधनले साहित्य र सिनेमा जगत शोकमग्न भएको छ ।कर्नाटक सरकारले उनको निधनको लागि राजकीय शोक घोषणा गरेको छ । सिएम एचडी कुमारस्वामीले दिग्गज साहित्यकारको निधन पनि राजकीय शोक घोषणा गरेका हुन् । सरकारले एक दिनको लागि विदा पनि घोषणा गरेको छ । कर्नाडको पार्थिव शरीरलाई राजकीय सम्मानका साथ सोमबारै अन्तिम संस्कार गरिनेछ ।

गिरिश कर्नाड बहुमुखी प्रतिभाको धनि थिए । १९६० को दशकमा उनको लेखन आम मानिसको लागि परिचय बन्यो । बंगालीमा बादल सरकार, मराठीमा विजय तेन्दुलकर र हिन्दिमा मोहन राकेश दिग्गज नाटककार जस्तै कन्नडमा गिरिशलाई दिग्गज नाटककारको रुपमा पुजिन्छ । जसले कन्नडको नाटकमा ५ दशक बिताए । कन्नड र हिन्दि सिनेमामा निर्देशक, अभिनेता र स्क्रिन राइटरको भूमिका निर्वाह गरिसकेका कर्नाडले कयौँ अंग्रेजी भाषाका नाटकलाई कन्नडमा अनुवाद गरेका थिए । साथै, थुप्रै कन्नड नाटक हिन्दि भाषामा उल्था पनि गरे ।कर्नाडलाई पद्माश्री र पद्मा भुषण जस्ता सम्मान पनि मिलिसकेको छ । साथै, उनि चार पटकका फिल्म फेयर अवार्ड विजेता हुन् । उनलाई १९७८ मा रिलिज भएको एक फिल्मबाट अभिनयमा राष्ट्रिय अवार्ड प्राप्त भएको थियो । १९९८ मा साहित्यको प्रतिष्ठित ज्ञानपीठ अवार्डद्वारा पनि सम्मान गरिएको थियो । गिरिश त्यस्ता अभिनेता थिए, जो कमर्सियल र समानान्तर सिनेमाको लागि प्रतिष्ठित थिए ।

गिरिशले कन्नड सिनेमा संस्कार (१९७०)बाट अभिनय र स्क्रिन राइटरको यात्रा अगाडी बढाएका थिए । जुन सिनेमाले कन्नड सिनेमाको लागि पहिलो प्रिसिडेन्ट गोल्डेन लोटस अवार्ड जितेको थियो । बलिउडमा उनको पहिलो सिनेमा १७७४ मा रिलिज ‘जादुको शंख’ थियो । गिरिशलाई सलमान खानको सिनेमा ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’को लागि पनि चिन्ने गरिन्छ । उनले १९७५ को बलिउड सिनेमा ‘निशान्त’, ‘शिवाय’ र ‘चक एण्ड डस्टर’मा पनि अभिनय गरेका थिए ।

प्रधानमन्त्री मोदीले दु:ख व्यक्त गरे

गिरिशको निधनलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दु:ख व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन् ‘गिरिश कर्नाडलाई सबै खाले माध्यममा उनको अभिनय क्षमताबाट सम्झनामा राखिनेछ । उनको काम आउने सालमा पनि लोकप्रिय भैरहने छन् । उनको निधनले दुखि तुल्याएको छ । उनको आत्मालाई शान्ती मिलोस ।’