‘प्रेम दिवस’ गीत रिलिज : प्रिंयकालाई माया गर्छु भन्दै विशाल

‘प्रेम दिवस’ गीत रिलिज : प्रिंयकालाई माया गर्छु भन्दै विशाल

द सिनेमा टाइम्स
7
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगमी शुक्रबारबाट रिलिज हुने सिनेमा ‘प्रेम दिवस’को नयाँ गीत रिलिज गरिएको छ । प्रियंका कार्की र डेव्यु अभिनेता विशाल खरेललाई फिचर्ड गरिएको गीतको भिडियो मंगलबार इन्टरनेटमा सार्वजनिक गरिएको हो साँगीतीक प्रेमकथामा निर्माण गरिएको सिनेमालाई योगेश घिमिरेले निर्देशन गरेका हुन् ।

महेश खड्काको संगीत रहेको गीतलाई अञ्जु पन्त र सुरेश लामाले गाएका हुन् । भने, गीतको शब्द रचना डाक्टर कृष्णहरी बरालले गरेका हुन् । ‘माया गर्छु तिमिलाई’ बोलको गीतको भिडियोलाई पछिल्लो समयका चर्चित कोरियोग्राफर कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर सिनेमा निर्माण गरिएको निर्देश घिमिरेको भनाई छ ।

प्रियंकाको एक गरिब र धनी युवकसँग प्रेम रहँदा आइपर्ने उचार चढावमा सिनेमाको कथा केन्द्रित रहेको निर्माण टिमले जानकारी दिएको छ । सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । सिनेमामा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र विशाल खरेलका अलवा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । विशाल खरेलले यो सिनेमाबाट डेब्यू गर्दैछन् ।

रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमालाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् भने, ‘प्रेम दिवस’मा मानकृष्ण महर्जनको छायाँकन रहेको छ । मनिष दाहाल निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । ‘प्रेम दिवस’ का गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।