‘मारुनी’को पहिलो गीत ‘जाम्न माय जाम’ रिलिज (भिडियो)

‘मारुनी’को पहिलो गीत ‘जाम्न माय जाम’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाह स्टारर सिनेमा ‘मारुनी’को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजीत एक कार्यक्रमका विच इन्टरनेटमा रिलिज गरिएको हो । ‘जाम्न माया जाम’ बोलको गीतमा दिपक बज्रार्चायको संगीत तथा स्वर रहेको छ । भने गीतको शब्द रचना रिक्की शाक्यले गरेका छन् । उनले एक दशकपछि सिनेमाको गीत गाएका हुन् ।सार्वजनिक गीतमा एक सय बढि कोरसको साथमा मुख्य कलाकार पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहलाई फिचर्ड गरिएको छ । यो डान्सिङ नम्बर ‘जाम्न माया जाम’ गीतको भिडियोमा प्रविन सिंहको कोरियोग्राफी हेर्न सकिन्छ । यस गीतबाट पुष्पले आफूलाई राम्रो नृत्य गर्न सक्ने अभिनेताको रुपमा पनि चिनाएका छन् । पहिलो पटक डान्सिङ गीतमा कम्मर मर्काएकी साम्राज्ञीले यस गीतमा नृत्य गर्न निकै गाह्रो भएको बताइन् ।

साम्राज्ञी भन्छिन्, ‘मैले प्रायः रोमान्टिक गीतहरु मात्र गरिरहेको थिएँ । पहिलो पटक डान्सिङ गीत गरेकी हुन् । केही डान्स स्टेपहरु टिप्न मलाई निकै गाह्रो भएको थियो । यद्यपि, राम्रो दिने प्रयास भने गरेको छु ।’ अभिनेता पुष्पले भने आफूले अहिलेसम्म नगरेको तर गर्न मन लागेको डान्स स्टेपमा नृत्य प्रस्तुत गर्न पाउँदा खुसी महशुस लागेको सुनाए । दुबैले मारुनीमा भिन्न भूमिका निर्वाह गरेको पनि खुलाए ।‘मारुनी’ लाई लिएर उत्साहित रहेका पुष्प र साम्राज्ञीले पहिलो पटक सिनेमामा काम गरेका हुन् । उनीहरु एकअर्कासँग काम गर्न सहज भएको पनि सुनाउँछन् । यसमा अभिनेत्री रेविका गुरुङको पनि मुख्य भूमिका रहेको छ । पारिवारिक कथा माथि सिनेमा बनाउन माहिर निर्देशक नवल नेपालले मारुनीलाई निर्देशन गरेका हुन् ।निर्देशक नवल नेपाल भन्छन्, ‘हामीले दर्शकको मनछुने सिनेमा निर्माण गर्ने प्रयास गरेका छौं । राम्रो नराम्रो जस्तो सुकै प्रतिक्रिया सुन्न म र मेरो टिम तयार छौं । मारुनीले दर्शकलाई निराश बनाउँदैन, यो मेरो र निर्माण टिमको पुर्ण विश्वास हो ।’पुनम इन्टरटेनमेन्टको व्यानरमा पुनम गौतमले निर्माण गरेको सिनेमामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री सह निर्माताको रुपमा रहेका छन् । मारुनीको कथा, पटकथा तथा संवाद गोविन्द फुँँयाल र निर्देशक नवल नेपालले मिलेर लेखेका हुन् । उनीहरुले यसअघि मंगलम जस्तो उत्कृष्ट सिनेमाको कथा लेखनमा समेत सहकार्य गरेका थिए ।