कबिरको सिनेमामा श्रीमान्-श्रीमती बन्दै रणबीर र दीपिका

कबिरको सिनेमामा श्रीमान्-श्रीमती बन्दै रणबीर र दीपिका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री दीपिका पादुकोणले केही दिन पहिले मात्रै मेघना गुल्जारको नयाँ सिनेमा ‘छपाक’को छायाँकन सकाएकी थिइन् । यो सिनेमाको छायाँकन सकिएसँगै दीपिकाले नयाँ सिनेमा ‘तिरासी’ साइन गरेकी छन् । यो सिनेमाको हाल लण्डनमा छायाँकन भैरहेको छ । तिरासीमा दीपिका रणबीर सिंहको अपोजीतमा देखिनेछिन् । रणबीर र दीपिका अभिनीत सिनेमा ‘पद्मावत’ गतवर्ष रिलिज भएको थियो ।

कविर खानको निर्देशनमा निर्माण हुने सिनेमामा दीपिका र रणबीर श्रीमान श्रीमतीको भुमिकामा देखिनेछन् । यो सिनेमा बलिउडका चर्चित क्रिक्रेटर कपिल देबको जीवनीमा आधारिन रहेर निर्माण हुनेछ । कपिल देवले १९८३ मा पहिलो पटक भारतलाई विश्वकप क्रिक्रेट जिताएका थिए ।

यसैको वरिपरि सिनेमाको कथा घुम्ने छ । तिरासीमा कपिल देव तथा रणबीर सिंहको भुमिकामा दीपिका फाइनल भएको जानकारी उनले ट्वीट मार्फत गराएका हुन् । यो सिनेमा २०२० को अप्रिल १० तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ ।