‘साहो’ टिजर, एक्सनसँगै ब्याकग्राउण्ड स्कोर दमदार

‘साहो’ टिजर, एक्सनसँगै ब्याकग्राउण्ड स्कोर दमदार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चार भाषामा निर्माण गरिएको सिनेमा ‘साहो’को टिजर रिलिज गरिएको छ । प्रभास र श्रद्धा कपूर स्टारर सिनेमाको टिजरमा एक्सनका खतरनाक दृश्यहरुलाई प्राथमिकता दिइएको छ ।तीन भाषामा रिलिज गरिएको १ मिनेट ३९ सेकेण्डको टिजरले दर्शकमा कौतुहलता जगाउँछ । ब्लकबस्टर ‘बाहुबली २’ पश्चात प्रभासको यो पहिलो सिनेमा हो । टिजरमा कहानीको बारेमा केहि खुलाइएको छैन । तर, कलाकारको अवतारबाट पर्दा हटाईएको छ । यो सिनेमा तामिल, तलेगु, मलयालम र हिन्दि भाषामा रिलिज हुनेछ ।

टिजरमा ज्याकी श्रोफ, नील नीतिन मुकेश, चंकी पाण्डेको अवतार पहिलो पटक झल्काइएको छ । भारतको सबैभन्दा ठुलो ‘एक्सन इन्टरटेनर’ बताइएको सिनेमा १५ अगस्तमा रिलिज हुँदैछ । टिजरमा कमालको  भिएफएक्स प्रयोग गरिएको छ । भने, ब्याकग्राउण्ड स्कोर उम्दा छ ।

सुजित रेड्डी निर्देशित सिनेमा भारतकै दोस्रो सर्वाधिक महँगो सिनेमा हो । यसको लागत ५ सय करोड भारतीय बताइएको छ । यसअघि सर्वाधिक महँगो सिनेमाको रुपमा रजनिकांत र अक्षय कुमारको ‘२.०’ रेकर्ड भएको छ ।