नेपाली ‘पासवर्ड’मा समावेश सन्नीको ठुम्का सार्वजनिक

नेपाली ‘पासवर्ड’मा समावेश सन्नीको ठुम्का सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नी लिओनीलाई फिचरिङ गरिएको नेपाली गीत सार्वजनिक गरिएको छ । ‘आजको साम’ बोलको गीतमा सन्नीले थुप्रै कोरसका बीच ठुम्का लगाएकी छन् ।सिनेमा ‘पासवर्ड’मा समावेश गीतमा सन्नीसँग कलाकार विक्रम जोशीले पनि ठुम्का लगाएका छन् । भने, गीतमा अनुपबिक्रम शाहीलाई फिचर्ड गरिएको छ । अर्जुन पोखरेलद्वारा संगीतवद्द गीतमा दुर्गा खरेलको स्वर छ । विक्रम जोशीकै शब्द लेखन रहेको गीतमा बिष्णुदेवाले कोरियोग्राफी भरेका छन् ।

निक्कै प्रतिक्षित रहेको गीतमा ५ करोड लागत लागेको बताइएको छ । सिमा गुरुङको कथामा निर्मित सिनेमालाई सम्राट बस्नेतले निर्माण गरेका हुन् । सिनेमामा सन्नीसँगै अनुपबिक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको अभिनय छ ।एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको सिनेमालाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको सिनेमामा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् ।

एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई सौरभ लामाले छायाँकन गरेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमा भदौ २७ मा रिलिज हुँदैछ ।