‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’को ट्रेलर रिलिज

‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यशराज गराजको मुख्य भुमिका रहेको सिनेमा ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’को ट्रेलर सार्वजनिक गरिएको छ । तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमणको ऐतिहासिक विषयबस्तुमा सिनेमा निर्माण गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलर केहीदिन पहिले सामाजिक सञ्जाल इन्टरनेटमा रिलिज गरिएको हो ।

https://youtu.be/zMwTi1YpKCg

प्रदीप खड्गीले निर्देशन गरेको सिनेमा आगामी असार १३ गतेदेखि प्रदर्शन हुदैछ । फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको यो सिनेमा लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको हो । सिनेमाको मूख्य भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ ।विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ सिनेमाका निर्माता हुन् । शंकर महर्जन र नविन जोशीले सिनेमालाई मिलेर छायांकन गरेका हुन् । राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले चित्रण गरिएको सिनेमालाई अहिले आएर गृह मन्त्रालयले पनि प्रदर्शनको अनुमति दिएको निर्देश्ँक खड्गी बताउ“छन् । सेन्सर बोर्डले सिनेमालाई यूनिभर्सल सर्टिफिकेट दिएको छ ।