‘टिप टिप बर्षा पानी’को रिमेकमा अक्षय र कट्रिना

‘टिप टिप बर्षा पानी’को रिमेकमा अक्षय र कट्रिना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सन् २०२० को इदलाई रिलिज डेट तय गर्दै छायाँकनमा निस्केको सिनेमा ‘सूर्यवंशी’ले केहि दिन अगाडी मात्र रिलिज डेट हेरफेर गर्यो । यसको प्रमुख कारण थियो इदमा सलमान खानको ‘इन्शाअल्लाह’ आउनु हो ।इदमा दुई ठुला सिनेमा जुध्ने देखिए पछि ‘सूर्यवंशी’ निर्देशक रोहित सेट्टी र सलमान खान बीच आपसी समझदारीमा रोहित पछाडी हटे । अब अक्षय कुमार र कट्रिना कैफ स्टारर सिनेमा मार्च २७ मा रिलिज हुनेछ ।

प्रहरी ड्रामामा अक्षय र कट्रिनाले लामो समय पछि स्क्रिन शेयर गर्दैछन् । बक्सअफिसको हिट जोडीलाई लिएर उत्सुकता पनि उतिक्कै छ । सिनेमाबारे नयाँ खबर बाहिरिएको छ । जसले तपाईमा अझ उत्सुकता थप्नेछ ।सिनेमामा २५ वर्ष पुरानो हिट गीत ‘टिप टिप बर्षा पानी’लाई रिमेक गरिने भएको छ । भारतीय संचार माध्यमले गीतमा अक्षय र कट्रिनालाई फिचर गर्ने खबर सम्प्रेसन गरेका छन् । सन् १९९४ को ‘मोहरा’ सिनेमामा समावेश गीतमा रवीना टन्डनले सिग्नेचर ठुम्का लगाएकी थिइन् । भने, उनलाई अक्षयले साथ दिएका थिए ।

गीतलाई हैदराबादस्थित रामोजी फिल्म सिटीमा खिचिने छ । अक्षय र कट्रिनाले यसअघि सिनेमा ‘दे दना दन’को ‘गले लग जा’मा पानिमा रोमान्टिक नृत्य पस्किसकेका छन् ।