anmol jasita

‘आप्पा’को नयाँ ओएसटी ‘साउने झरी’ रिलिज (भिडियो)

‘आप्पा’को नयाँ ओएसटी ‘साउने झरी’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दयाहाङ राई स्टारर सिनेमा ‘आप्पा’को प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिमले नयाँ गीत सार्वजनिक गरेको छ । सार्वजनिक गीतले बाबु-छोरो रोमान्स र यात्राको कथा बोल्छ । आइतबार इन्टरनेटमा सार्वजनिक गरिएको ‘साउने झरी’ बोलको ओएसटी गीतमा मुख्य कलाकार दयाहाङ राई र बाल कलाकार रोनीत सरकारलाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गीतमा उमेश उपमाको शब्द रचना, निर्देशक अनमोल गुरुङ र शैकातको संगीत र विज्ञमा बराईलीको स्वर रहेको छ । सिनेमालाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । लेखक तथा निर्देशक गुरुङ ‘आप्पा’ पुर्ण रुपमा मनोरञ्जनात्मक सिनेमा रहेको बताउँछन् ।

बाबु छोराको सम्बन्धको कथा बोल्ने सिनेमाका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमा ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । सिनेमा आगामी असार १३ गतेबाट नेपाल तथा भारतमा एकसाथ रिलिज हुँदैछ ।

सिनेमामा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।