anmol jasita

आयुष्मान र शिल्पा स्टारर ‘सानो मन’ ट्रेलर रिलिज (भिडियो)

आयुष्मान र शिल्पा स्टारर ‘सानो मन’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असार २० गतेबाट रिलिज हुने सिनेमा ‘सानो मन’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको ट्रेलर आइतबार सामाजिक सञ्जाल युट्युबमा रिलिज गरिएको हो । सुयोग गुरुङको निर्देशनमा निर्माण भएको सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य पात्र आयुष्मान देशराज जोशी, शिल्पा मास्के, विशाल पहाडी, गौरी मल्ल, रश्मी भट्ट, लगायतका अन्य कलाकारलाई स्थान दिइएको छ । ‘सानो मन’ असार २० गतेबाट नेपालभरका सिनेमा घरमा प्रदर्शन हुँदैछ ।

https://youtu.be/NGRDtlixyfI

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा सानो मन निर्माण भएको हो । सिनेमाको सम्पादन सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर गरिरहेका छन् । सिनेमामा शिशिर बाङ्देल, सक्षक कृष्ण सुवेदी, कृष्ण भक्त महर्जन, लक्ष्मी भुषाल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।सिनेमाको कथा समिर सुनवार र निर्देशक गुरुङले मिलेर लेखेका हुन् । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन भएको यस सिनेमाका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको निर्देशक गुरुङले बताए । सिनेमालाई आलोक शुक्लाले छायांकन गरेका हुन् ।