‘साइनो’ गीत रिलिज, टिक-टक बनाउँदा पुरस्कार जित्ने अवसर

‘साइनो’ गीत रिलिज, टिक-टक बनाउँदा पुरस्कार जित्ने अवसर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वरिष्ठ अभिनेत्री भुवन चन्द थापाद्वारा निर्मित सिनेमा ‘साइनो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘कुन मायाको साइनो’ बोलको रिलिकल गीतमा नीता ढुंगाना, मीरुना मगर र राज कुमारबीचको त्रिकोणात्मक प्रेम देखाइएको छ ।

एलिश कार्कीद्वारा संगीतवद्द गीतमा प्रताप दास र जीना रसाइलीको स्वर छ । भने, रामजी लामिछानेले कोरियोग्राफी भरेका छन् । गीतमा राजेशकुमार श्रेष्ठको शब्द सृजना छ ।

साउन २४ गते रिलिज हुने सिनेमामा नीता, मिरुना र राजसँगै भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारको अभिनय छ ।

अभिमन्यु निरवी लिखित सिनेमाको कार्यकारी निर्माता शरण थापा हुन् । चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको सिनेमामा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।

‘टिक-टक च्यालेन्ज’ आव्हान

रमेश थापा निर्देशित सिनेमाले यसै गीतको लागि ‘टिक-टक च्यालेन्ज’ पनि बाहिर ल्याएको छ । गीतको कुनै पनि अंशमा इच्छुकले टिक-टकबाट भिडियो बनाउन सक्नेछन् । यसरी बनाइएको टिक-टक भिडियोलाई सिनेमा ‘साइनो’को अफिसियल फेसबुक पेजमा सेन्ड गरेर च्यालेन्जमा सहभागिता जनाउन सकिनेछ ।

च्यालेन्जमा उत्कृष्ट हुने भिडियोलाई निर्माण टिमले आकर्षक पुरस्कार पनि तय गरेको छ । जस अनुरुप प्रथम हुने भिडियोलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजारको दरले पुरस्कार छुट्टयाइएको छ ।

त्यस्तै पाँच जनालाई गिफ्ट ह्याम्पर र  दुई जना भाग्यशालीलाई आस्था कला केन्द्रमा १ वर्षको लागि निशुल्क प्रशिक्षणको व्यवस्ता गरिनेछ । विजेताहरु घोषणा सिनेमा रिलिज अगावै हुनेछ ।