आयुष्मान र शिल्पा स्टारर ‘सानो मन’को शिर्ष गीत रिलिज

आयुष्मान र शिल्पा स्टारर ‘सानो मन’को शिर्ष गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असार २० गते रिलीज हुने नेपाली सिनेमा ’सानो मन’को शिर्ष गीत सार्वजनिक भएको छ । आईतवार इन्टरनेटमा रिलीज गीतले सिनेमाको थिम महशुस गराउँछ । सार्वजनिक गीतमा आयुष्मान र शिल्पाको प्रेम झल्किन्छ । सुयोग सोताङ्गको संगीत रहेको छ भने रोहित जोन क्षेत्रीको स्वर तथा स्वप्निल शर्माको शब्द रहेको छ ।

सिनेमाको यस अघि रिलीज भएको ’रानु कम्मर’ बोलको गीतले चर्चा पाईरहेको समयमा अर्को गीत रिलीज गरिएको हो । ’गीत चल्तिको भन्दा अलिक फरक बनाएका छौँ, जसले नेपाली सिनेमामा आईरहेका प्रेमगीतहरु भन्दा फरक स्वाद दिन्छ’, गीतको बारेमा संगीतकार सोताङ्गले बताए । सिनेमाका निर्देशक सुयोग गुरुङ्गले गीत सिनेमाको कथासँग नजिक रहेको बताए ।

https://youtu.be/IViF_GvPZz8

युवा युवतीबीच नौलो प्रेम हुँदाको क्षणहरु झल्किने गीतमा युवा युवतीको वास्तविकताको नजिक रहेको निर्देशकको भनाई छ । सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको सिनेमामा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा ‘सानो मन’ निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको सिनेमाको भिएफएक्स नगेश कँडेलले गरेका हुन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको सिनेमालाई आलोक शुक्लले छायांकन गरेका छन् ।काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको सिनेमाका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको म्युजिकल लभस्टोरी सिनेमाको ट्रेलर पनि सार्वजनिक भईसकेको छ । ट्रेलरलाई अधिकांश दर्शकले रुचाएका छन् ।